Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

मन्त्रीपरिषद्काे निणर्यबाट वामदेव राष्ट्रिय सभाका लागि सिफारिस

काठमाडौं ।

सरकारले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभामा रिक्त एक सदस्य पदमा गौतमको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

यसअघि बर्दियाबाट चुनाव हारेका गौतमलाई नेकपाले राष्ट्रियसभा सदस्यमा मनोनयन गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो । पार्टीको सो निर्णयको आधारमा सरकारले गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको हो ।