Loading... आजः १८ मंसिर २०७७, बिहीबार । Thursday 3rd December 2020

पन्ध्र दिने चित्रकला च्यालेन्जको समापन

कोहोलपुर ।
२०७७ भाद्र १५ गतेदेखि सुरुवात गरिएको पन्ध्र दिने च्यालेन्जको आज समापन गरिएको छ । कार्यक्रममा कोहलपुर आसपासका कलाकारहरूले घरमै बसेर आफ्नो सृजना मार्फत सहभागी भएका थिए । सुरुमा कार्यक्रम कस्तो होला भन्ने कौतुहुलता भएता पनि सहभागी कलाकार भाइ बहिनिहरूको सहभागिताले कार्यक्रम सफल भएको बताइएको छ ।


आफू जहाँ र जस्तो सुकै अवस्थामा रहेपनि हामीले सबै कलाकारहरूलाई रूपमा जोडिएर गरेर नियमित सृजना आह्वान गरि कलालाई निरन्तरता दिएको आयोजकले जनाएको छ । कोरोनाको विषम परिस्थितिमा सामूहिक काम गर्न सहज नभएपनि हाम्रो प्रयास भनेको कलामा रुचि राख्ने विद्यार्थीहरूलाई सकारात्मक सोच र उर्जा मिलिरहोस् भन्ने हो । साथै कोरोना भाईरससँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता बृद्धिहोस् भन्ने हेतुले कार्यक्रमको परिकल्पना गरिएको आयोजकको भनाई छ । प्रायः जसो स्कुल र कलेजका विद्यार्थीको सहभागिता रहेतापनि गृहिणी, प्रध्यापक, संचारकर्मी, साहित्यकार र कलाकारहरूको सृजना सहभागितामा रहेका छन् ।


ललितकला पाठशाला कोहलपुरका विद्यार्थीहरूलगायत सहभागी अन्य कलाकारहरू नवरस् सरोण, उषा सुवेदी, सागर क्षेत्री, आयुष्मा ढकाल, अश्विन कोईराला, अंशु चन्द, उर्मिला थापा, खुश्बु बिष्ट, दिब्या गौतम, सुरज सुवेदी, प्रास्ना दियाली नियमित सहभागी भै आफ्नो सृजनाको आफै च्यालेन्जर रहेका हुन् र आंशिक सहभागी जनाएर साहित्यकार तथा गजलकार महानन्द ढकाल, सुमित्रा न्यौपाने ,संचार तथा गजलकार कपिल अन्जान, मौरी कृषक तथा साहित्यकार पुरमल बस्नेत, वैभब बिक्रम चन्द, आर्या ढकाल,दिपक नेपालीले हौसला प्रदान गरेका थिए ।


समापन कार्यक्रमका प्रमुख अतिथि हाम्रो पुर्णिामा साहित्य प्रतिष्ठानका अध्यक्ष महानन्द ढकाल लगायत दामोदर पौडेल ,कपिल अन्जान, सीता पौडेल, पुरमल बस्नेत, सुरज सुबेदीको उपस्थिति रहेको थियो । कार्यक्रम आयोजक बिक्रम शिशिर, हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कला बिभाग प्रमुख तथा ललितकला पाठशालाका निर्देशक हुन् ।