Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

कर्णालीमा शुक्रवार ३५ जना कोरोना संक्रमित थपिए

सुर्खेत ।

कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ३५ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश अस्पताल–पशुपन्छी प्रयोगशाला सुर्खेत र चौरजहारी नगरपालिकाको प्रयोगशालामा परिएको परीक्षणमा थप ३५ जनामा कोरोना संक्रमण देखिएको हो ।

प्रदेश अस्पताल–पशुपन्छी प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका ६ जना, सल्यानका ६ जना र चौरजहारी नगरपालिकाको प्रयोगशालामा परिएको परीक्षणमा रुकुम पश्चिमका २३ जनामा कोरोना संक्रमण देखिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृषबहादुर शाहीले बताए ।

योसँगै कर्णालीमा कोरोना संक्रमित हुनेको संख्या तीन हजार ६३ पुगेको छ । शुक्रबार कर्णालीका विभिन्न आइसोलेसन सेन्टर र अस्पतालबाट १६ जनामा कोरोना संक्रमण निको भएर डिस्चार्ज भएका छन् ।

कर्णालीमा कोरोना संक्रमण निको हुनेको संख्या दुई हजार ६ सय ४९ पुगेको छ । हाल कर्णालीका विभिन्न आइसोलेसन सेन्टर तथा अस्पतालहरूमा चार सय आठजना सक्रिय संक्रमित रहेका छन् ।