Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

१२०४ जनामा कोरोना संक्रमण पुष्टि

मृतकको संख्या ४०० नाघ्यो

काठमाडौं ।

पछिल्लो २४ घण्टामा १२०४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १०३३३ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ । उनीहरुमध्ये ४०१ जनाको मृत्यु भएको छ । ४५ हजार २६७ जना संक्रमणमुक्त भएका छन् ।