गजल – डिलकुमारी रोकाया

हरेक क्षेत्रमा आराेप लगाउँछन् किन
दाेषाराेपणकाे खबर पठाउँछन् किन
असफलताको घाउ आफैभित्र चर्किरहेछ
त्यसैमाथि नुन चुक छर्कि बल्झाउँछन् किन
त्यति धेरै कमजोर जस्तो त लाग्दैन
अवसर पिच्छे पाइलाहरु गलाउँछन् किन
जहाँ पनि उस्तै परिवेश निर्माण हुन्छ
परिवेश उल्टो पार्न सघाउँछन् किन
यहाँ नखाएकाे विष पनि लाग्दाेरहेछ
विषालु सापलेझैँ डसेर हराउँछन् किन ।।






