Loading... आजः ७ बैशाख २०८१, शुक्रबार । Friday 19th April 2024

कर्णालीमा थप २९ जनामा कोरोना संक्रमण

४४ जना डिस्चार्ज

सुर्खेत ।

पछिल्लो २४ घण्टामा कर्णालीमा थप २९ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, दैलेख अस्पताल र चौरजहारी प्रयोगशाला रुुकम पश्चिममा गरिएको पीसीआर परीक्षणमा शुक्रबार २९ जनामा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये सल्यानका १४ जना, सुर्खेतका ८ जना, रुकुम पश्चिम ५ जना, दैलेख र अछामका एक/एकजना रहको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । योसँगै प्रदेशभर कोरोना संक्रमितको संख्या ३ हजार ३१६ पुगेको छ ।

महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार शुक्रबार प्रदेशमा थप ४४ जना कोरोनामुक्त भएका छन् । प्रदेशमा हालसम्म कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या २ हजार ७९५ पुगेको छ । प्रदेशभर हालसम्मा ४२२ जना कोरोनाका सक्रिय संक्रमित रहेको महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत कँडेलले जानकारी दिए ।