Loading... आजः ८ कार्तिक २०७७, शनिबार । Saturday 24th October 2020

कडा कारवाही होस्

यो संसारमा जिउँदो भगवान कोही छन् भने भने त्यो आमा नै हुन् । तर कहिले काँही तिनै आमा राक्षसीको रुपमा प्रकट भइदिन्छिन् । एउटा सन्तानलाई नौ महिनासम्म आफ्नो गर्भमा बोकेर उसलाई संसार देखाउँदाको खुसी कसैले पनि शब्दमा व्यक्त गर्न सकिदैन । तर कुनै आमाले यस्तो पनि गर्छिन कि आफूले नौ महिना गर्भमा बोकेर जन्माएको बच्चालाई कसैलाई पत्तो नै नहुने गरि खोला खाल्सामा फालिदिन्छिन् ।

आखिर आमाको मन हो कसरी त्यत्ति निर्दयी बन्न सक्छ होला । एउटा बच्चालाई जन्मदिनु भन्दा पहिले नै म के गर्दैछु भन्ने कुराको हेक्का समेत नराख्ने पापी, अबुझ र निदर्यीहरुबाट यस्तो हर्कत हुने गर्दछ । एक छिनको क्षणिक आनन्दको लागि संसार भुल्ने अनि त्यसबाट रहन गएको गर्भबाट जन्मेको बच्चालाई त्यसरी लावारिसे अवस्थामा फाल्नु गैर कानूनी अपराध हो । त्यस्ता अपराधीलाई पत्ता लगाई कानून बमोजिम हदैसम्मको सजाय दिनु आवश्यक छ । ता कि भविष्यमा यस्ता हर्कत गर्ने हिम्मत कसैले पनि नगरुन् ।

सुर्खेतको वीरेन्द्रनगरमा एक यस्तै नवजात शिशुको शव खोलामा भेटिएको छ । वीरेन्द्रनगर नगरपालिका–६, खोर्के खोलामा प्लाष्टिकमा बेरेर फालिएको अवस्थामा शिशुको शव फेला परेको प्रहरीले जनाएको छ । त्यसरी बच्चालाई खोलामा फाल्ने महिला त्यत्ति धेरै टाढा जान सकेको छैन होला । त्यसैले प्रहरीले तदारुकताका साथ खोजि गरेर त्यो महिलारुपी दानवलाई कानूनको कठघरामा उभ्याओस् ।