Loading... आजः ९ फाल्गुन २०८२, शनिबार । Saturday 21st February 2026
ताजा खबर
  

स्वागत योग्य निर्णय

नेपाल सरकारले भरखरै एउटा अध्यादेश ल्याएको छ । जुन अध्यादेशले एसिड (तेजाब) आक्रमण गर्नेहरुलाई कडा सजाय हुने नियम बन्नेछ । जसले गर्दा एसिड प्रहार गरेर अर्काकको जीवन बर्बाद गर्नेहरुलाई हदैसम्मको सजाय हुनेछ । यो अध्यादेश अनुसार कानूनको निर्माण गरि अक्षरस पालन गराउन सकेको खण्डमा एसिड प्रहारका घटनाहरु कमी आउनेछ ।

मन्त्रिपरिषद्को बैठकले फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्न बनेको अध्यादेश पास भइसकेको छ । यो निर्णय पास हुनु भनेको सर्वसाधारणहरुको लागि खुसीको कुरा हो । सरकारले गरेको यो निर्णय स्वागतयोग्य छ । राष्ट्रपतिबाट यो अध्यादेश प्रमाणीकरण भएपछि कानूनका रुपमा कार्यान्वयनमा आउनेछ ।

एसिड आक्रमणको कारण मृत्यु भएमा आक्रमण गर्नेलाई जन्मकैदको सजाय हुने व्यवस्था हालकै मुलुकी अपराध संहितामा भएपनि त्यसको कार्यान्वयन हुन नसक्नु दुःखको कुरा हो । अध्यादेशले मुलुकी अपराध संहितामा एसिडसम्बन्धी अन्य कारबाहीलाई परिमार्जन गरी दोषीलाई थप सजाय हुने व्यवस्था गर्नु सरकारले गरेको उत्तम निर्णय हो ।

आँखा, कान, नाक, मुख, अनुहार महिला भए स्तन र यौनाङ्गमा भएको क्षतिअनुसार १० देखि २० वा २० वर्षको कैद सजाय तोकिनु, एसिड आक्रमण गर्दा सम्वन्धित व्यक्तिलाई नलागेमा ‘तेजाब आक्रमण गरी अंगभंग गर्ने उद्योग’ मा मुद्दा चलाइनु, कसुर प्रमाणित भएमा १० वर्षसम्म कैद सजाय हुने कानून बन्नु खुसीको कुरा हो ।