Loading... आजः ९ फाल्गुन २०८२, शनिबार । Saturday 21st February 2026
ताजा खबर
  

मुख्यमन्त्री परिवर्तनको निर्णय भएको छैन : गृहमन्त्री थापा

सुर्खेत ।
गृहमन्त्री रामबहादुर थापा (बादल) ले प्रदेशका मुख्यमन्त्री परिवर्तन सम्बन्धि कुनै निर्णय नभएको बताउनु भएको छ । दार्चुलामा नयाँ निर्माण गरिएको सशस्त्र प्रहरीको गण उदघाटन गरेर सुर्खेत आइपुग्न भएका गृहमन्त्रीले पार्टी र सरकारले मुख्यमन्त्री नै परिवर्तन गर्ने भन्ने बारे कुनै निर्णय नभएको बताउनु भएको हो ।


नेकपाको स्थायी कमिटीले केन्द्र र प्रदेशको सरकार पुनर्गठन गर्ने निर्देशन दिएको जानकारी गराउनु हुँदै गृहमन्त्री थापाले भन्नुभयो, ‘सम्बन्धीत पक्षले निर्णय गर्ला तर अहिले नै मुख्यमन्त्री परिवर्तन गर्ने निर्णय भएको छैन् ।’

हिल्सामा चीनले नेपाली भूमि अतिक्रमण नगरेको पनि गृहमन्त्री थापाले बताउनु भयो । परराष्ट्र मन्त्रालयले नै यस बारे स्पष्ट पारिसकेकाले समाचार आएको जस्तै नेपाली भूमि अतिक्रमण नभएको उहाँले उल्लेख गर्नुभयो । देशभरमा बाढी र पहिरोले मानवीय र धनजनको ठूलो क्षती पु¥याएकाले सुरक्षित आवास निर्माण गर्न सरकारले गृहकार्य गरिरहेको उहाँको भनाई थियो ।

कुन ठाउँ बढी जोखिम छ र कस्तो ठाउँमा बस्ती बसाल्दा उपयुक्त हुन्छ भन्ने प्रतिवेदन तयार गरिरहेकाले सोही प्रतिवेदनका आधारमा सुरक्षित बस्ती बसाल्ने योजनामा सरकार लागिरहेको उहाँले बताउनु भयो ।