Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

गजल – दीपक अभिलासी

 

दीपक अभिलासी

तिमी एक्कासि आइदिन्छौ छुट्टिदाखेरी ।
र मलाई समाइदिन्छौ छुट्टिदाखेरी ।।

तिमी साथमा नहुँदाका तिम्रा प्रतिनिधि,
करोडौँ याद पठाइदिन्छौ छुट्टिदाखेरी ।।

सयौँ प्रयास गर्छु अहँ पाइला अघि वढ्दैन,
आफुसंगै अल्छाइदिन्छौ छुट्टिदाखेरी ।।

कसम तिम्रो यार भल्नै सक्दिन यार,
मुटु जिम्मा लगाइदिन्छौ छुट्टिदाखेरी ।।

बिगत सम्झाउँछौ, सम्झिन्छौ र रुन्छौ,
मलाई पनि रुवाइदिन्छौ छुट्टिदाखेरी ।।