Loading... आजः ९ फाल्गुन २०८२, शनिबार । Saturday 21st February 2026
ताजा खबर
  

भगवतीमाईले रोक्यो अवैध मदिरा विक्री वितरण

सुर्खेत ।
दैलेखको भगवतीमाई गाउँपालिकाले अवैध घरेलु मदिरा विक्री वितरणमा रोक लगाएको छ । गाउँपालिका प्रहरी चौकी वेस्तडाको समन्वयमा घरेलु मदिरा तथा विना लाइसेन्स पक्की मदिरा समेत यही असोज ११ गतेदेखि पूर्ण रुपमा बन्द गरेको एक सूचना प्रकाशित गरि जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बखतबहादुर खड्का र प्रहरी चौकीका निमित्त इन्चार्ज प्रहरी हवल्दार दीपक चन्दले संयुक्त रुपमा हस्ताक्षर गरेको सूचनामा घरेलु मदिरा विक्री वितरण गर्ने र सेवन गर्ने मानिसलाई कानून बमोजिम कारवाही हुने बताइएको छ ।