Loading... आजः २२ माघ २०८२, बुधबार । Wednesday 4th February 2026
ताजा खबर
  

विमाले कसरी गर्छ ? भविष्यको सुनिश्चतता

जीवन विमा एक जीवनको अमुल्य तथा जीवनको आधारभुत आवश्यक आवश्यकता हो । मानव जीवनको लागी आवश्यक पर्ने गास, बास र कपासको तुलनामा जीवन विमालाई लिन आवश्यक छ । जसरी दैनिक जसो आवश्यकता अति आवश्यक सेवामा बिमा पर्दछ । मानव जीवनलाई सुखी समुन्तत र आर्थिक रुपमा बलियो गर्नको लागी विमाको आवश्यकता पर्दछ ।


हाम्रो जस्तो विकासोन्मुख देशमा अतिआवश्यक सेवामा विमालाई लिन सके मात्र जीवनले सार्थकता पाउँदछ । दैनिक जसो हुने खानपिन, धम्रपान अव्यवस्तिथत बसोबास, जोखिमपूर्ण सडक, दैनिक गुजारा गर्ने खेतबारी, भिरालो जग्गा जमिन, कृषिमा परनिरभर नेपालीहरुले पशुपालन तथा विभिन्न किसिमका दैनिक काममा जीवनलाई त्याग गरेर गरिने जोखिमयुक्त कार्यको सुरक्षाको लागी जीवन विमाले रक्षावरण गर्दछ ।

हाल आएर नेपालमा ४० वटा विमा कम्पनी मध्य १९ वटा जीवन विमा कम्पनी २० वटा निर्जिवन विमा कम्पनी र १ वटा पुर्ण विमा कम्पनी गरी जम्मा ४० वटा कम्पनीले नेपाली जनतालाई सुरक्षा गरिरहेका छन । जीवन विमालाई विभिन्न समयमा भएगरेका नेटवर्किङ व्यापारले गर्दा सर्वसाधरणहरुलाई नकारात्मक असर परेको छ । नेटवर्किङ कम्पनी र जीवन विमा कम्पनीमा धेरै नै फरक रहेको छ । जीवन विमा कम्पनीहरु संचालनको लागी नेपाल सरकारले तोकेको मापदण्ड पुरा गरी विमा समितिले नियमित अनुगमन गर्ने गरी संचालन गरिएको हुन्छ । यस्ता किसिमका कानूनमा विचमा संचालन भएका कुनैपनि जीवन विमा कम्पनीमा आफ्नो विमा गराउँदा डराउनु पर्ने अवस्था छैन । विमा कम्पनी दर्ता विमा समितिको मापदण्ड अनुसार हुने गर्दछ । जसमा रु २ अर्व चुक्तापूँजि भएको हुनुपर्दछ । जस मध्य संचालन समितिको रु १ अर्व ४० करोड र सर्वसाधरणहरुको लागी ६० करोड सेयर वितरण गर्नुपर्ने प्रावधान रहेको छ । जसरी विमितहरुवाट विमा कम्पनीले विमा गरेवापत जम्मा गर्ने रकमलाई पनि विभिन्न नीतिनियम वनाएर देशमा नै लगानी गर्नुपर्ने वाध्यकारी नियम वनाएकोले संकलन भएको रकम कहीँ कतै खेर जाने हराउने समस्या हुँदैन ।

पहिले संचालनमा आएका विमा कम्पनीमा काम गर्ने कर्मचारी तथा अभिकर्ताको गलत जानकारी तथा नाफामुखी व्यवसाय गर्ने प्रयासका वावजुत मृत्यृ हुनको लागी विमा, डवल फिर्ताको लागी विमा भन्ने अपरिपक्क व्यवहारका कारण अहिलेको समयमा आएर यस परिभाषालाई क्रमिकरुपमा परिवर्तन गरिदै आएको छ । विमा गर्नुको मख्य उद्देश्य नै बचत, सुरक्षा र भविष्य सुनिश्चता नै यसको मुलमन्त्र हो । मानव जीवनमा आईपर्ने विभिन्न किसिमका सामाजिक, आर्थिक, शैक्षिक, स्वास्थ्यसँगै दैनिक जीवनयापनका कार्यलाई थप सफल प्रभावकारी, दिगोपना, स्थायीत्व बनाउने कार्यमा जीवन विमाले महत्वपूर्ण भमिका निर्वाहा गर्दछ ।

मानव जीवन एक चक्रीय प्रणाणी हो । जुन समयमा पनि जस्तो सुकै अवस्था श्रृजना हुने गदर्छ । समाजमा रहेका शिक्षित व्यापारी उद्योगीहरुले अझैंपनि जीवन विमालाई आत्मसाथ गरेको पाईदैन । एउटा असल व्यक्तीले जन्मदेखि मृत्यृवरणसम्म जीवनलाई सुखी र खुसी वनाउन विभिन्न किसिमका कामहरु गरिरहेको हुन्छन् । पठनपाठन, विहेवारी बालबालिका, पेशा व्यावसाय गरिरहेको हुन्छ । सो कार्यहरु गर्नको लागी आफ्नो पैतृक सम्पत्ति होस वा कुनै बैंक अथवा साहुको व्याज तिरेर होस आफ्नो काम गरिरहेका हुन्छन । तर त्यतिसम्मको त्याग मिहिनत गरि संचालन गरिएका कामहरुको वारेमा आफू हुँदा वा नहुँदा परिवारका सदस्यलाई पर्ने समस्याको वारेका सम्पत्तिको रक्षाको वारे समस्या समाधानको कुनैपनि विकल्प अवलम्वन गरिएको हँुदैनन ।

आफ्नो रहर पुरा गर्न लाखौका गाडी मोवाइलको विलासिता बिताउने व्यक्तिले दैनिक जीवनमा भैपरि आउने समस्याको वारेमा ख्याल गरेको पाइँदैन । यी सवै किसिमका समस्या समाधानको एकमात्र विकल्प जीवन विमा रहेको छ । विमाले सानो उमेरमा वचत, युवा अवस्थामा जोखिम वहन र वुढेसकालमा जीवनको साहारा भै काम गरिरहेको हुन्छ । त्यसैले समयमा जीवन विमा गरौ सुखी र खुसी जीवन बाँचौ । विकसित देशहरुमा जीवन विमाको वारेमा सवैजनालाई अनिवार्य तथा उनीहरुको आवश्यकता अनुसार नै कम्पनीहरुको छनोट गरि मनपर्ने विमा योजना खरीद गर्ने चेतनाको विकास भएको छ । जुन देशको नीति अनिवार्य जीवन विमा गर्नुपर्ने व्यवस्था छ ।

सो देशका सम्पूर्ण नागरिकहरु आर्थिक हिसावले मजवुद नै रहेको तथ्य छ । विमा हाम्रो जस्तो विकासोन्मुख देशको लागी झनै आवश्यकता छ । जहाँ गरिविको संख्या वा दैनिक जीवनमा मजदुर गरि खानेको वहुमत धेरै छ । चलायमान पूँजि निश्चित मान्छेसँगं मात्र हुने भएको हाम्रो जस्तो देशको लागी उनीहरुको दैनिक जीवनमा आइपरेका समस्या तथा बालबाकिलाको उचित शिक्षा लालन–पालन गर्नको लागी दैनिक रुपमा वचत गर्ने र सो अभिभावकमा आइपर्ने समस्याको सामाधाम गर्नको लागी पनि विमा गर्न आवश्यकता पर्दछ ।

हाम्रो समाजिक संस्कार पनि बलेको आगो ताप्ने र निभेको आगोमा अझैं पानी लगाउने प्रचलनले पनि हाम्रो जस्तो देशका विभिन्न हिमाली पहाडी भित्री मधेश तिर वशोवास गर्ने अशिक्षित, अनविज्ञाता संचारको पहुँच नभएका व्यक्तिहरुको लागी पर्दा मर्दा सहयोग गर्ने चलन रहेको छैन । यस्ता विभिन्न किसिमका आर्थिक, सामाजिक, भौतिक, मानसिक रुपमा पनि आफू र घरपरिवार पूर्ण रुपमा स्वास्थ्य रहनको लागी र सामाजिक रुपमा सक्षम हुनको लागी विमाले सुरक्षा गरिरहन्छ । आफ्नो क्षमता अनुसारको सानो वचतले सुरक्षा, जोखिम वहन, उपचार खर्चको समेत व्यवस्थापन विमा कम्पनीले गर्दै आएका छन । दैनिक जीवनमा भए गरेका खर्चहरुको सहि व्यवस्थापन सानो–सानो वचत, विलासी आवश्यकताको खर्चमा कमी, अनावश्यक खर्चमा कटौती, जस्ता वचत गर्ने बानीको विकासले अहिलेपनि र पछिपनि जीवनमा आइपर्ने समस्याहरुको विकल्पमा विमामा जम्मा गरिएको रकमको उचित प्रयोग गर्नमा सहयोग पुग्दछ ।

नेपालमा हालको समयसम्म कुल जनसंख्याको जम्मा ३७ प्रतिशत मात्र नेपाली जीवन विमा कम्पनीमा आवद्ध रहेका छन् । यसले गर्दा अझै ६३ प्रतिशत मान्छेहरु जीवन विमाको पहुँचदेखि बाहिर रहेका छन् । सामान्यरुपमा हेर्ने हो भने निर्जिव वस्तु तथा सवारीसाधनहरु, पसल, होटललगायत विभिन्न खेतिपाती पशुवस्तुको विमा गर्न दर वृद्धि भैरहेको बेला अमूल्य तथा संसारको कल्पना गर्न सक्ने, देश विकास निर्माण गर्ने, नयाँ परिकल्पना गर्ने मान्छेहरुले आफु सुरक्षित हुने वारेमा कल्पना गरिरहेको हुँदैन । यो किसिमको आवश्यकतालाई समयमा नै जानकारी लिन आवश्यक रहेको छ ।

जीवन विमा केवल सुरक्षाको लागी मात्र नभई समाजको सेवा तथा देश विकासको निमार्णको बलियो आधार पनि हो । विमा गरेवापतको संकलित रकम पनि विमा समितिको निर्देशन अनुसार नै लगानी गनुपर्ने नीति भए अनुसार नै तपाईं हाम्रो गाउँवस्तीमा नै भैरहने विकास विभिन्न किसिमका माध्यमबाट काम भैरहेको हुन्छ । त्यसैले तपाईं हाम्रो विमामा भएको लगानी घर आगनमा नै आइरहेको छ ।

हामी हाम्रो परिस्थिति अनुसारको वा आर्थिक अवस्था अनुसारको परिवेशमा बसोबास गरिरहेका हुन्छौ । त्यहि समाजमा वसोवास गरिरहेको बालबालिकाहरु मध्य कसैले उचित किसिमको शिक्षा हासिल गरेका हुन्छन भने कसैले गर्न सकिरहेका हुँदैनन । उनीहरुको मानसिकता मै नै मेरो वावा आमासँग मलाई पढाइको लागी आवश्यक पैसाको समस्या छ भन्ने कुरा बुझेको अवस्थामा उसले आफूले चाहेको शिक्षा अध्ययन गर्न नसक्ने महशुस गर्दछ । उसका दैनिक जसो भै रहने अत्यावश्यक सामाग्रीको पनि अभाव भैरहेको हुन्छ । सो समयमा उसका अन्य साथीहरुको संगत त्यहि अवस्थाको हुन्छ ।

तर सो समयमा यदि आफ्नो दैनिक कमाइ वा सानो वचत, खर्चमा कटौती, सादा जीवन उच्च विचारको मान्यता, चाडपर्वमा हुने खर्चमा कमी, महगां मोवाइल कम्प्युटर जस्ता सामाग्रीलाई सस्तोमा खरिद तथा अन्य यस्ता किसिमका बिलासी साधनलाई घटाएर सही समयमा विमामा वचत गर्न सक्ने हो भने बालबायलिकाको उचित शिक्षाको लागी अरुको सिको गर्ने वा समुदायमा बालबालिकाको मनवल उच्च राख्ने कार्य र बालबालिकाले अध्ययन गर्न खोजेको शिक्षाको लागी कुनैपनि किसिमको वाधाअड्चन आउँदैन । सो बालबालिका त्यो वस्तिको लागी नमुना मात्र होइन अरु क्षेत्रको बालबालिकासँग पनि प्रर्तिस्पर्धा गर्नको लागी तयार हुन्छ । हाम्रो सानो प्रयास र लगानीले एक बालकको सुन्दर भविष्य निर्माण हुन्छ भने हामीले उसको लागी सोच्ने कि क सोच्ने ?

समयमा नै ध्यान नदिएमा हाम्रो समाज यहि हो, पुस्ता यहि माटोका खेले, हामी यहि माटोमा खेल्दैछौ । हाम्रा बालबालिका पनि यहि माटोमा खेल्छन अनि कसरी सम्भव छ हामी पहिलेको अवस्थादेखि अहिलेको अवस्थामा आउनलाई ? पहिले गर्न सकिएन अहिले गरांै अहिले नगरे कहिले गर्ने ? त्यसैले समयमा नै परिवारको सुख र खुसीको लागी जीवन विमा गरौ । लेखक ः आइएमइ लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका क्षेत्रीय शाखा सुर्खेत प्रमुख हुनुहुन्छ ।