Loading... आजः ९ बैशाख २०८३, बुधबार । Wednesday 22nd April 2026
ताजा खबर
  

आजै थपिए २७२२ जना कोरोना संक्रमित

काठमाडौं ।

पछिल्लो २४ घण्टामा २ हजार ७२२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १४ हजार ७३९ नमुना परीक्षण गर्दा ९६५ महिला र १७५७ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ । उनीहरुमध्ये ५२० जनाको मृत्यु भएको छ भने ६० हजार ६९६ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्र ३३०७ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर २१ हजार २३४ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये ११ हजार ७६० होम आइसोलेसनमा छन् । ९ हजार ४७४ संस्थागत आइसोलेसनमा छन्, जसमध्ये २१० जना आईसीयू र २९ जना भेन्टिलेटरमा उपचार भइरहेको छ ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १ हजार ६३८ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका १२८० जना, भक्तपुरमा १९६ र ललितपुरका १६२ जना छन् ।

मोरङका १५० जना, सुर्खेतका १२२, रुपन्देहीका ९२, चितवनका ८३, बाँकेका ७०, मकवानपुरका ५५, दाङका २८, गुल्मीका २६, पर्साका २४, झापा, सुनसरी, काभ्रे, धादिङ र नवलपरासीका २३/२३ जना, सिराहाका २२, नवलपुरका १६, सप्तरी र दार्चुलाका १५/१५ जना, बारा र लमजुङका १४/१४ जना, सिन्धुली, कास्की र कैलालीका १३/१३ जना, बागलुङका १२, नुवाकोट, पाल्पा र प्युठानका ११/११ जना तथा सिन्धुपाल्चोक, अर्घाखाँची र दैखेलका १०/१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बर्दियाका ९ जना, अछाम र डोटीका ८/८ जना, तनहुँ, कपिलवस्तु र कञ्चनपुरका ७/७ जना, महोत्तरी, सर्लाही र जुम्लाका ६/६ जना, धनुषा र बझाङका ५/५ जना, रौतहट र गोरखाका ४/४ जना, रामेछाप, म्याग्दी, कालीकोट र बैतडीका ३/३ जना, उदपयुर, तेह्रथुम, दोलखा, स्याङ्जा र रोल्पाका २/२ जना तथा खोटाङ, ताप्लेजुङ, संखुवासभा, पर्वत र बाजुराका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ३०७ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्रालयका अनुसार अब कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या ६० हजार ६ सय ९६ पुगेको छ ।

प्रदेश १ मा ५ हजार ४०२, प्रदेश २ मा १३ हजार ९२८, बागमती प्रदेशमा १८ हजार ८५१, गण्डकी प्रदेशमा ३ हजार ३७९ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । त्यस्तै प्रदेश ५ मा ९ हजार ८१, कर्णालीमा ३ हजार २५ र सुदूरपश्चिममा ७ हजार ३० जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा २७ सय २२ जनामा कोरोना भाइरस संक्रमण भएको छ । संक्रमितको कुल संख्या ८२ हजार ४ सय ५० रहेको छ । नेपालमा कोरोना संक्रमण निको हुने दर ७३.६ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।