Loading... आजः ९ बैशाख २०८३, बुधबार । Wednesday 22nd April 2026
ताजा खबर
  

भालुवाङ राजधानी बनाउने घोषणाले बुटवलमा आन्दोलनको आगो

रुपन्देही |

प्रदेश ५ सरकारले सरकारले राजधानी भालुवाङ र नाम लुम्बिनी राख्ने निर्णय गरेपछि त्यस विरुद्ध बुटवलमा प्रर्दशन भएको छ । दाङको भालुवाङमा प्रदेश राजधानी बनाउने निर्णय गरेपछि रुपन्देहीका विभिन्न ठाउँमा प्रदर्शन भएको र सरकारी गाडी तोडफोड गरिएको हो ।

भालुवाङ राजधानी बनाउने निर्णयविरुद्ध बुटवलमा सरकारी गाडी तोड्फोड

प्रदेश सभामा शुक्रबार आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेश मन्त्रिपरिषद्को निर्णय अनुसार नाम र राजधानीको प्रस्ताव पेश गरेका थिए । सरकारले राजधानी भालुवाङ र नाम लुम्बिनी राख्ने निर्णय गरेको थियो ।

सरकारको निर्णयसँगै स्थानीयले विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गरेका छन् । आन्दोलनकारीले ३ वटा सरकारी गाडी तोडफोड गरेका छन् । प्रदेश सभाका विभिन्न समितिका सभापतिहरूले प्रयोग गर्ने गाडी तोडफोड भएको प्रहरीले जनाएको छ ।

रुपन्देहीका विभिन्न स्थानीय तह, पाल्पा र गुल्मीका विभिन्न ठाउँमा पनि सरकारविरुद्ध प्रदर्शन भएका छन् ।