Loading... आजः ३ बैशाख २०८१, सोमबार । Monday 15th April 2024

नेता गगन थापालाई कोरोना संक्रमण

काठमाडौं । पूर्वस्वास्थ्यमन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

नेता थापामा कोरोना संक्रमण पुष्टि भएको उहाँको  सचिवालयले जानकारी दिनुका साथै उहाँ आफैले पनि सामाजिक संजाल मार्फत जानकारी गराउनु भएको छ ।

केन्द्रीय समिति बैठकअघि बिहीबार काँग्रेसका नेता, केन्द्रीय कार्यालयका कर्मचारी र सुरक्षाकर्मी गरी १५९ जनाको स्वाब संकलन गरिएको थियो । केन्द्रीय सदस्य थापासहित आधा दर्जनमा कोरोना सक्रमण पुष्टि भएको छ ।

केन्द्रीय सदस्य अर्जुननरसिंह केसीसहित केन्द्रीय सदस्यहरु शम्भुलाल श्रेष्ठलगायतमा पनि कोरोना पोजेटिभ देखिएको छ ।