डा. हरिको सम्झनामा दीप प्रज्वलन
सुर्खेत ।
कोरोना भाइरसका कारण ज्यान गुमाएका कर्णाली प्रदेश अस्पतालमा कार्यरत डा. हरि सापकोटाको सम्झनामा दीप प्रज्वलन गरिएको छ ।
प्रदेश अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी एवम् कोरोना संक्रमितहरुले डा. सापकोटाको आत्माको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरेका थिए ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लामो समयदेखि हाडजोर्नी विशेषज्ञका रुपमा डा. सापकोटाले योगदान दिएका थिए । उनी उच्चरक्त चापबाट पीडित थिए भने उनलाई कोरोना पोजेटिभ देखिएको थियो । कोरोनाको उपचार गर्ने क्रममा नेपालगञ्जमा उनको मृत्यु भएको थियो ।










