Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

जाजरकोटमा जीप दुर्घटना, वडाध्यक्ष सहित ५ जनाको मृत्यु

जाजरकोट |

 जाजरकोटको जुनिचाँदे गाउँपालिका वडा नम्वर १ औलभिरमा भे १ ज ९३५ नम्वरको जीप दुर्घटना हुँदा वडाध्यक्ष सहित ५ जनाको मृत्यु भएको छ ।

बुधबार दिउँसो भएको दुर्घटनामा वडा नम्वर ११ का वडाध्यक्ष अमरबहादुर शाही सहित ५ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा ख्यामबहादुर शाही, वडा नम्वर ९ की मालिका बस्नेत, कृष्णबहादुर शाही लगायतको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र रेग्मीले बताए ।

त्यस्तै, दुर्घटनामा २ जना पानीमा बेपत्ता भएको उनले जानकारी दिएका छन् । जुनिचाँदे गाउँपालिकाको कार्यपालिका बैठकका लागि सदरमुकाम खलंगाबाट पराले जाँदै गरेको जीप दुर्घटनाग्रस्त भएको हो । जीपमा सवार जुनिचाँदे ११ का नरबहादुर बुढा घाइते भएका छन् ।