Loading... आजः १६ आश्विन २०८३, शुक्रबार । Friday 2nd October 2026

राप्रपा सुर्खेतको समायोजन, अध्यक्षमा मान ब.खड्का

सुर्खेत ।
राष्ट्रिय प्रजातन्त्र पार्टी सुर्खेतको समायोजन कार्यक्रम बुधबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । राप्रपा र राप्रपा सयँुक्तको एकतापछि भएको समायोजन कार्यक्रमले मान बहादुर खड्काको अध्यक्षतामा १२० जनाको जिल्ला कार्यसमिति तयार परेको छ ।

पार्टीका केन्द्रीय सदस्य, पूर्व जिबिस सभापति बसन्त थापाको अध्यक्षतामा भएको समायोजन कार्यक्रमले अध्यक्षमा मान ब.खड्का र सह–अध्यक्षमा कर्ण बहादुर रेगामीलाई चयन गरेको छ । त्यसैगरी जिल्ला कार्य समितिको उपाध्यक्षमा इश्वर श्रेष्ठ, गङ्गाराम देउवा, राधिका थापा, अमृत राना, टोप बहादुर वली, छत्रपती थापा, अम्मर बहादुर कार्की, मान ब.सिजाली, श्याम पुरी, धर्मराज बिसीलाई चयन गरेको छ ।

सचिवमा जनक सिंह ठकुरी, रुद्र ब. चन्द, सह–सचिवमा कमल देव जिसी, चाँदनी वली, कोषाध्यक्षमा पार्वती गौतम, मातृका भुसाल, प्रवक्तामा सूर्य ब.शाही, शिवराज जैसी, सञ्चार प्रतिनिधिमा हेमन्त थापासहित १२० जना सदस्यीय जिल्ला समिति चयन भएको हो ।