अछाम राप्रपामा शाही
अछाम ।
राप्रपा र राप्रपा (संयुक्त ) बिच अछाम जिल्लाको समायोजन सकिएको छ । जिल्ला समायोजन अन्तर्गत अछाम जिल्लाको सदरमुकाम मंगलसेनमा राप्रपाका अध्यक्ष मिन ब. शाहीको अध्यक्षतामा भएको भेलाबाट नयाँ जिल्ला कार्य समिति सर्बसम्मत गंठन भएको छ ।

मिन बहादुर शाहीको अध्यक्षतामा भएको नयाँ समितिमा वरिष्ठ नेता तेज बहादुर बिष्ट, राम ब. चलाउने क्षेत्री उपाध्यक्ष, राउते टमट्टा उपाध्यक्ष, ईन्द्र रावल उपाध्यक्ष , नरेन्द्र ढकाल सचिव, दिपक शाही राष्ट्रवादी प्रवक्ता, नरहरि न्यौपाने कोषाध्यक्ष, सुरज कुँवर सहसचिव, लगायत ५१ सदस्य जिल्ला कार्य समिति चयन गरिएको प्रवक्ता दिपक शाही राष्ट्रवादीले जानकारी दिनु भएको छ ।






