Loading... आजः ९ बैशाख २०८३, बुधबार । Wednesday 22nd April 2026
ताजा खबर
  

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख नाग्यो

काठ्माण्डौँ |

नेपालमा कोरोना भाइरस तथा कोभिड १९ का सङ्क्रमित संख्या १ लाख ६ सय ७६ पुगेको छ ।

नेपालमा कोरोना भाइरसका दुई हजार ५९ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा सो संख्यामा सङ्क्रमित थपिएका हुन् ।

पछिल्लो चौबीस घण्टामा १३ हजार २७९ वटा नमूनाको परीक्षण गरिएकोमा सो संख्यामा सङ्क्रमित थपिएका हुन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्मा सो सङ्क्रमितसहित एक लाख ६७६ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको हो ।

हाल २७ हजार ५३ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । सोही संख्यामा होम र संस्थागत आइसोलेसनमा बसेका छन् । क्वारेन्टिनमा चार हजार ७०३ छन् ।मन्त्रालयले पछिल्लो चौबीस घण्टामा एक हजार ६८० जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको बताएको छ । हालसम्म ७३ हजार २३ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

पछिल्लो चौबीस घण्टामा १० जनाको कोरोना भाइरसका कारणले मृत्यु भएको छ । योसँगै नेपालमा कुल ६ सय जनाको मृत्यु भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।