चारकुने टोल कमिटीमा बुढा
सुर्खेत ।
वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ को चारकुने टोल कमिटीमा शेरबहादुर बुढा चयन भएका छन् । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ११ को चारकुने टोलमा बुढा अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

टोलको भेलामा बोल्दै जिल्ला कमिटी सदस्य एवम् कर्णाली प्रदेश सभा सदस्य पदमा खड्काले पार्टी एकिकरण पश्चात माथिदेखि तलसम्मका धेरै कामहरु टुङ्ग्याउन बाँकी रहेपनि प्रक्रियाहरु अघि बढिरहेको बताउँदै आउँदा दिनमा पनि कसैले पनि नेकपालाई कमजोर बनाउन नसक्ने बताइन् । उनले भनिन्, संगठन बलियो भयो भने सबै कुरा बलियो हुने र वर्तमानमा प्राप्त उपलब्धीलाई रक्षा गर्न सकिन्छ ।
नगर कमिटी सचिवालय सदस्य चक्र बहादुर रावतले जनप्रतिनिधिहरुले के गर्न सके र सकेनन् भन्ने कुरालाई टोल–टोलका कार्यकर्ताहरु चनाखो हुनुपर्ने र केही गुनासाहरु भएमा प्रत्यक्ष कुराकानी गरेर अघि बढ्नु पर्ने बताए ।
भेलामा आफ्नो भनाई राख्दै वडा नं. ११ का वडाअध्यक्ष एवम् नगर कमिटी सदस्य नन्दलाल शर्माले पार्टीका खम्बा भनेका टोलमै रहने कार्यकर्ताहरु भएकोले पार्टीलाई मजबुद बनाउने कार्यमा सबै एक ढिक्का भएर लाग्नु पर्ने बताए ।

टोल कमिटीको सचिवमा नन्दादेवी उपाध्याय र सदस्यहरुमा दलबहादुर खड्का, हर्क बहादुर चौधरी, सहबीर बुढा, बीर बहादुर बस्नेत, लक्ष्मी शर्मा, कृपाराम जैसी, तीर्थराज शर्मा, रत्नबहादुर चौधरी, भीमबहादुर बस्नेत, सोमबहादुर खड्का, लक्ष्मी देवकोटा, नरबहादुर बस्नेत, नरबहादुर कसेरा, धनसिं सुनार, नन्दा सुनार र चन्द्रा विश्वकर्मा चयन भएका छन् ।
कार्यक्रममा जिल्ला कमिटी सदस्य बालकृष्ण सुनारलगायतले बोलेका थिए भने शब्द स्वागत रविन्द्र रेग्मीले गरेका थिए ।
जिल्ला कमिटी सदस्य खड्क भट्टाराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम वडा कमिटी अध्यक्ष कृष्णप्रसाद तिवारीको अध्यक्षतामा सम्पन्न भएको थियो । नवगठित कमिटीका पदाधिकारीहरुको सपथ ग्रहण कार्यक्रम समेत सम्पन्न भइसकेको छ ।






