Loading... आजः ६ बैशाख २०८३, आईतवार । Sunday 19th April 2026
ताजा खबर
  

सोती घटनाका ८ जनालाई छाड्न उच्च अदालतको आदेश

सुर्खेत ।
गत जेठ १० गते जाजरकोटको भेरी नगरपालिका–४ का २१ वर्षीय युवा नवराज विकसहित ६ जनाको हत्या भएको घटनामा संग्लन ८ जनालाई उच्च अदालत सुर्खेतले छाड्न आदेश गरेको छ । थुनामा रहेका लोकेन्द्र घर्ती, डिल्ली घर्ती, तुलाराम घर्ती, सौरभ पुन, सविन पुन र भीमबहादुर पुनलाई छोड्न आदेश दिएको हो ।


उच्च अदालत सुर्खेतका मुख्यन्यायाधीस कुमाल चुडालको एकल इजालासले गरेको फैसलामा आठ जनालाई छाड्न आदेश दिएको छ । उच्च अदालत सुर्खेतले आइतबार राति ११ बजे मात्र फैसलामा पछिल्लो पटक प्रहरी अनुसन्धानका लागि लिएका ६ जना र दुई जना किटानी जोहीवालालाई तारिखमा समेत नरहने गरी उच्च अदालत सुर्खेतले फैसला गरेको अदालतले जनाएको छ ।