Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

बजारमा आयो ‘कर्णाली घुम्ने ठाउँ’

सुर्खेत |
हरि कंडेलले कर्णाली घुम्न्या ठाउँ नामक लोक देउडा बजारमा ल्याएका छन् । यस म्यूजिक भिडियोमा रारा, पचाल झरना, बुलबुले लगायतका कर्णालीका पर्यटकीय क्षेत्रहरुलाई परिचित गराउने शब्दहरु रहेका छन् ।


सुकदेव अधिकारी र टीका पुनको स्वर रहेको यस म्यूनिक भिडियोमा भएका गीतको शब्ल कृष्णराज धमलाका हुन् भने लय विवश कुमार सेजुवालको रहेको छ । यसैगरि मारुनी डिजिटलका केश बडुले एरेन्ज गरेको उक्त म्यूजिक भिडियोको उत्पादक तथा वितरकमा गुरुआमा फिल्मस प्रा.लि. रहेको छ ।

भिडियोको निर्देशन तथा कोरोयोग्राफी स्मृति तिमिल्सिनाको रहेको छ भने छाँयाङ्कन सुरेश श्रेष्ठको रहेको छ । प्रकाश धमलाले सम्पादन गरेको भिडियोमाा ड्रोन सन्तोष महराले गरेका छन् । सरिता मगरको श्रृङ्गार रहेको भिडियोमा नविन सिंह ठकुरी, रविना अधिकारी र हरि कंडेल लगायतले अभिनय गरेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।