Loading... आजः १३ बैशाख २०८१, बिहीबार । Thursday 25th April 2024

नेकपाको सचेतकमा कुर्मराज शाही

सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री एवं नेकपा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले सांसद कुर्मराज शाहीलाई दलको सचेतकमा नियुक्त गर्नुभएको छ । प्रमुख सचेतक गुलावजंग शाहलाई हटाएर सीता नेपालीलाई प्रमुख सचेतक नियुक्त गरेपछि रिक्त स्थानमा शाहीलाई नियुक्त गरिएको हो ।

मुख्यमन्त्री शाहीका प्रेस सल्लाहकार ध्रुव बुढाथोकीले कालीकोटबाट निर्वाचित शाहीलाई मुख्यमन्त्री शाहीले सचेतक नियुक्त गरेको जानकारी दिनुभएको हो । आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ताका लागि हस्ताक्षर अभियान संकलन गरेको भन्दै शाहीले प्रमुख सचेतक शाहलाई हिजो जिम्मेवारीबाट मुक्त गर्नुभएको थियो ।