Loading... आजः ९ बैशाख २०८३, बुधबार । Wednesday 22nd April 2026
ताजा खबर
  

नेपाल पक्षधरको मुख्यमन्त्रीलाई साथ, नेकपा कर्णाली संकटमुक्त

सुर्खेत ।
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का शीर्ष नेता माधवकुमार नेपालका पक्षधर रहेका कर्णाली प्रदेशका सांसदहरुले कर्णाली प्रदेशका मुख्यमन्त्री तथा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीलाई साथ दिएपछि नेकपा कर्णाली हाललाई संकटमुक्त भएको छ ।


गत आइतबारदेखि चर्काचर्की भएको राजनीतिक संकट तत्कालका लागि टरेको हो । सत्तारुढ नेकपाका १८ सांसदले संसदीय दलका नेता समेत रहेका मुख्यमनत्री महेन्द्रबहादुर शाहीविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेपछि राजनीतिक विवाद शुरु भएको थियो । मुख्यमन्त्री अल्पमतमा परेपछि प्रदेश सरकार नै ढल्न सक्ने अनुमान धेरैको थियो । एक्कासी प्रदेशदेखि केन्द्रसम्मै धक्का दिएको अविश्वासको प्रस्ताव अन्ततः टरेको छ ।

माधव नेपाल पक्षधर सात जना सांसदहरुले अविश्वासको प्रस्तावबाट व्याक भएपछि मुख्यमन्त्रीलाई राहत भएको हो । नेपाल पक्षधर सात जना सांसद छन् । नेपालले केन्द्रबाटै निकै दवाव दिएपछि तत्कालका लागि अविश्वासको प्रस्तावबाट व्याक हुनु परेको एक सांसदले बताए । नाम उल्लेख नगर्ने शर्तमा ती सांसदले भने, ‘नेपालले नेकपाका केन्द्रीय सदस्य निरज आचार्य नेतृत्वको टोलीलाई नै सुर्खेतमा पठाएर छलफल गराउनु भयो त्यसले पनि धेरै दवाव भएपछि अन्तत व्याक हुनुप¥यो ।’

मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल गर्न १ बजे प्रदेश सभामा बैठकको आह्वान गरिएको थियो । तर नेपाल पक्षधर सांसदहरु बैठकमा सहभागी नभएपछि शाहीविरुद्धको प्रस्ताव अल्पमतमा परेको हो ।

नेपाल पक्षधरलाई मुख्यमन्त्रीतर्फ समर्थन गराउन र अविश्वासको विपक्षमा उभ्याउन आचार्य सफल भएका छन् । पूर्व माओवादी खेमाका १२ मध्ये ३ जनाले मुख्यमन्त्री शाहीविरुद्ध हस्ताक्षर गरेका थिए, उनीहरूलाई पनि ब्याक गराउन पूर्व माओवादी पक्षले पहल गरिरहेको छ ।

माधव नेपाल पक्षीय एक सांसद भने आफू हस्ताक्षरमा अडिग रहेको सांसद सुशील थापाको भनाई छ । नेकपामा प्रदेश सभामा ३३ सांसद छन् । यी मध्य १८ जना मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव ल्याएका थिए ।

मुख्यमन्त्री शाहीले नेपाल पक्षका तीन सांसदहरुलाई मन्त्री बनाउने बचन समेत दिएको एक सांसदले जानकारी दिए । स्रोतका अनुसार एक दुई दिनभित्रै मन्त्रिमण्डल पुनर्गठन गर्ने बाचा मुख्यमन्त्रीले दिइसक्नु भएको छ ।