Loading... आजः ७ बैशाख २०८१, शुक्रबार । Friday 19th April 2024

कविता – यही हो मेरो देश

अरुणबहादुर खत्री “नदी”

यही हो मेरो देश
जहाँ नेपाली वीरताका कथाहरु
स्वर्णाक्षरमा अङ्कित छन्
यहाँका हरिया वनहरु
अनमोल सम्पदाहरुले
सुशोभित छन्
यही हो मेरो देश
यसले आफ्नो काखामा
सयौं थुङ्गा फूलको बगैँचा
उमारेको छ फुलाएको छ
आफ्नो बृहद् छातिमा
कोशी, गण्डकी र कर्णालीको
अविनाशी सरिता बगाएको छ
यही हो मेरो देश
जसको शिरमा
सुन्दर हिमाल हाँसिरहेको छ
यसैको माथिको सुरम्य आकाशमा
जुन र तारा चम्केका छन्
यही हो मेरो देश
जहाँ लालीगुँरास र सुनगाभाले
धर्तीमा अविरल मुस्कान छरिरहेका छन्
जहाँ डाँफे र मयुर
पखेटा फिजाउँदै नाँचिरहेका छन् ।

सामाखुसी मार्ग, सरकारी धारा, काठमाडौं