३६३७ जनामा कोरोना संक्रमण पुष्टि
संक्रमणमुक्त हुनेको संख्या एक लाख नाघ्यो
काठमाडौं ।
पछिल्लो २४ घण्टामा ३ हजार ६३७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १५ हजार २५५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
नयाँ संक्रमितमध्ये १५५२ काठमाडौं उपत्यकका छन्, जसमा काठमाडौंका १२८३, ललितपुरका १५७ र भक्तपुरका ११२ जना छन् ।
पछिल्लो २४ घण्टामा मात्र ३२१५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।






