Loading... आजः १८ मंसिर २०७७, बिहीबार । Thursday 3rd December 2020

आज दशैंको सातौ दिन महासप्ती

फूलपाती त्र्यिाइदँदै

सुर्खेत ।
आज दशैंको सातौ दिन अर्थात् फूलपाती । हिन्दु धर्मालम्बीहरुका घर–घरमा आज फूलपाती भि¥याएर कालरात्रीको पूजा गरिदँै छ । विगतका वर्षहरुमा भन्दा यस वर्ष कोरोना महामारीका कारण दशैंको रौनकतामा फरक आएको छ । यस वर्ष दशैंमा अन्य वर्षहरु झैं मानव चहलपहल सहज रुपमा नहोला तर मनका भावनाहरु अनि शुभेच्छाहरुका लहरहरु त कमी हुने छैन ।

Navratri 2020 Navratri Seventh Day Today October 23 This Day Puja Of Maa  Kalratri Is Celebrated Know Story | Navratri 2020: 23 अक्टूबर को नवरात्रि  का सातवां दिन है, इस दिन मां

नयाँ नोटहरु बैंकले प्रवाहित नगर्ने समाचार त यसवर्ष हामीले सुनिनै सक्यौं, कोसेलीपात अनि उपहारहरु किनमेल गर्न जान कोरोना संक्रमणले सहज तुल्याएको छैन, महिनौं लामो त्रासदी अनि लकडाउनले अर्थतन्त्रलाई नराम्ररी पछारेको छ र समग्र विश्व समुदाय नै यसवर्ष कोरोना त्रासले श्रृजना गरेको समस्यासंग जुधिरहेका छन् ।

विद्यार्थीहरु महिनौंदेखि घरै बसेर पढिरहेकाले हुनसक्छ, दशैं बिदाको रौनक कम छ, मामाघर र घर जाने चलन अरु वर्षहरु जतिको सहज र सुरक्षित छैन, यसवर्षको दशैं पनि सिमामा बाँधिएको छ तर आगामी दशैंहरु फेरि असिमीत उल्लास लिएर आउनेछन्, आजको फूलपातीको शुभकामना छ सबैलाई ।

जे होस दशैंले कहिले नयाँ लुगोको बहानामा त कहिले घोर्लै खसीबोकाको बहानामा, कहिले घर जाने रौनक त कहिले देशका हरेकजसो स्थानमा प्रमुख दुर्गा भवानीका मठमन्दिरहरूमा नवरात्री अवधिभर लाग्ने मेलाले सबैको जीवनमा रङ्ग र उत्साह छर्ने गरेको थियो । यो वर्ष कोरोना महामारीको कारण यस महान चाड मनाउन थोरै सचेत अनि सावधान हुनुपर्ने अवस्था भने पक्कै छ, मेलाहरु अनि भेलाहरु वर्जित छ अनि दशैंको रौनक साँघुरिएर चौघेरोमा सिमित छ तर मनभित्रको रौनक र आशालाई भनें कमी हुन दिनुहुँदैन ।

कतिजना भने परदेशमा गएको वर्षको दशैं सम्झना गर्दे बसिरहनुभएको पनि होला, औंला भाँच्दै कति वर्षदेखि दशैंमा घर जान नपाएको र अब कत्ति वर्ष या महिनापछि घरजाने भनेर पनि बस्नुभएको कति प्रवासी नेपाली हुनुहुन्छ ? यो दशैंमा घर आउन नपाए पनि के भयो र, अर्को दशैं या अर्को वर्ष तपाइले स्वदेशी माटोमा पाइला राख्न अवश्य आउनुहुनेछ, कि कसो ?

सप्तमीको यो विशेष दिनलाई फूलपाती भनिन्छ । यसदिन देवी कालरात्रि स्वरुपा दुर्गाको विशेष पूजाअर्चना गर्ने गरिन्छ । कृष्णवर्ण अर्थात कालो वर्ण भएकी, तीन नेत्र अनि चारहात भएकी, चारै हातमा क्रमशः तरवार, मसाल बोकेकी घोरमुद्रा तथा अभय मुद्रा धारण गरेकी, श्वाँस फेर्दा आगो ओकल्ने यीनै देवीले भुँईमा झरेको हरेक थोपा रगतबाट पूर्नजीवन पाउने रक्तविज नामक दैत्यको संहार गरेकी हुन् । आजको दिन केरा, हलेदो, धान, अशोक, वेलपत्र, दारिम, धानको वाला, केराको बोट, जयन्ती र उखुँलगायतका लहरापात अनि विभिन्न प्रकारको फूलपात समिश्रित ’फूलपाती’ भित्राइन्छ । यसदिन कालरात्रि देवीका साथसाथै विद्या तथा सङ्गीतकी देवी सरस्वती माताको पनि पूजा गरिन्छ ।

आजको यस विशेष सातौं दिन दुर्गाको सातौं स्वरुप कालरात्रिको विधि विधान अनुसार अनुष्ठान गरेर गणेशको रुपमा स्थापना गरिएको कलशको छेउमा नौवटा स–साना ढुङ्गाहरुलाई नवदेवीका प्रतिमाका रुपमा स्थापितगरी नैवेध, फलफूल आदि चढाएर पूजा गर्ने गरिन्छ ।
कालरात्रि स्तूती मन्त्र ।।
या देवी सर्वभूतेषु माँ कालरात्री रूपेण संस्थिता
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः।।

अर्थातः
कालरात्री देवीकी रूपमा सर्वत्र विराजमान माता अम्बे !
म तपाइलाई कोटी–कोटी प्रणाम गर्दछु, मलाई शक्ति दिनुहोस् ।।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा पनि मंगलगढीदेखि जिल्ला प्रशासन कार्यालयसम्म नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले फूलपाती ल्याउने चलन छ ।

नेपाल एकिकरण पश्चात् नै गोर्खाबाट उठाइएको फूलपाती देशका विभिन्न ठाँउहरुमा रहेका महत्वपूर्ण शक्तिपीठहरुमा पु¥याउने चलन थियो । नेपाल एकिकरणदेखि नै एकता र सांस्कृतिक प्रतिक गोर्खा जिल्लासंग नेपालीको पहिचान जोडिएको छ, तसर्थ गोरखाको फूलपाती विशेष हुनेगर्दछ । काठमाण्डौको हनुमान ढोकाको तलेजु भवानीको मन्दिरमा रहेको दशैघरमा पनि गोर्खाबाटै ल्याइएको फूलपाती धादिङ्ग जिल्लाको जीवनपुर हुँदै भित्राइने चलन थियो ।

लोकतन्त्र आगमनपछि यो एतिहासिक चलनलाई निरन्तरता नदिएपनि थोरै फूलपाती भएपनि मोटरसाईकलमा काठमाडौसम्म ल्याइने गरिएको स्थानिय बताउँछन् । गोरखा दरबारमा अवस्थित गोरखकाली मन्दिरमा जब आधा घाम अस्ताएको र आधा घाम देखिने समय हुन्छ तबमात्र फूलपाती भित्राउने चलन छ । फूलपातीको अघिल्लो दिन नै गोरखकाली दरवारका कर्मचारीहरु सदरमुकाम र अन्य आसपासका जङ्गल र गाउँबाट फूलपाती संकलन गर्न निस्किन्छन्, यसरी सङ्कलनगरी ल्याइएको फूलपाती अघिल्लो दिन नै साँझमा गोरखकाली मन्दिरबाट अलि तल सतीपिपल भन्ने पीपल चौतारीमा राख्ने चलन छ । उक्त फूलपातीलाई विशेष मौलिक सिङ्गारपटार गरेर, झकीझकाउ बनाएर अर्को चौतारीमा ती फूलपातीलाई पर्सिने चलन छ, दरबारबाट आएका विशेष टोलीहरुले वाजागाजा अनि हर्ष बढाई गर्दै कलश यात्रागरेर फूलपाती दरवार भित्राउने चलन छ । यस्तो शोभायात्रामा प्रमुख जिल्ला अधिकारी लगायतका जिल्लाका मुख्य प्रशासनिक क्षेत्रका प्रमुख अनि सुरक्षा निकायका प्रमुखहरु उपस्थित हुने चलन छ । यसरी गोर्खामा भेला पारिएको फूलपातीलाई काठमाण्डौ ल्याएपछी नेपाली सेनाको एकटुकडीले टुँडिखेलमा तोपको सलामी दिने चलन पनि रहेको छ ।

अर्कोतर्फ गाउँघरमा आजबाट औपचारीक रुपमा लिङ्गेपिङ हालिन्छ, बाबियोको डोरी र टुप्पो नकाटिएको हरियो चारवटा बाँसलाई गाडेर बनाइने यो पिङ दशैंको अर्को रौनक हो, जुन सदियौंदेखि दशैंमा मनोरञ्जन गरीने एउटा मौलिक साधनको रूपमा प्रचलित छ । मान्छे चढेर मच्चिएपछी बाँसको टुप्पोबाट एकतमासको आवाज आउँछ, दशैंको यस विशेष अवधिकाबिच एकपटक भएपनि भूँई छोडनु भन्ने चलन छ, पिङ चढेका बखत भुई छोडिन्छ र मच्चिउनञ्जेल प्रकृतिको खुल्ला काखमा पञ्छिझै स्वतन्त्र भइ यो शरीरले स्वास भर्छ, अथवा एउटा नियन्त्रित उडानको अनुभूत गर्छ ।

गाँउघरमा माहौल पक्कै पनि रोमाञ्चक छ, मुग्लान पसेका साथीभाइ आफन्तजन, प्रियजन आफ्ना गाउँठाउँमा कत्तिको फर्केका छन ? शहर बस्नेहरु पनि गाँउठाउँ फर्केका छन् कि छैनन ? कत्तिका आमाबुवा, दिदि वहिनी, दाजभाइका मन हर्षले गदगद होलान त कति प्रतिक्षाका आँखा ओछ्याइ पर्खि बसेका होलान् । छोराछोरी, बुहारी अनि नातिना लगायत तीन चार पुस्तानै घरमा भेला भएको हुनपर्दछ । लिपपोत गरिएको सफा काठले बनेको नेपाली टाँडेघरको रौनक वास्तवमैं अतूलनीय छ, आजैबाट खसीबोका काट्ने तथा वलि कार्य प्रारम्भ हुन्छ ।

चाडवाडहरु नभईदिएका भए हाम्रो जीवन कति निरस हुन्थ्यो होला ? चाडपर्वले जीवनलाई एउटा फरक उर्जारसले भर्ने गर्दछ । यो दशैंपछि म यो गर्छु, त्यो गर्दिन भन्ने हाम्रा स्वप्रतिज्ञाहरु र योजनाहरु पनि छन्, दशैंले सबको इच्छा पूरा गरोस् । यो चाड सनातन हिन्दू मात्रको नभई तमाम नेपालीजनको हो, यसको मौलिक विशेषता भनेकै यहि हो । तडक भडक भन्दा पनि सामान्य जीवनशैली अनि असामान्य आत्मियताका साथ चाड मनाउनुहोला । यो रमाइलो माहौलको शुभकामना ।