Loading... आजः १७ मंसिर २०७७, बुधबार । Wednesday 2nd December 2020

दशैं नमनाउने हिन्दु गाउँ खोकना

नेपालीहरुलाई दशैंको रौंनक छ यतिबेला । सबैतिर दशैंको चटारो छ । सरसामान किनमेलदेखि गाउँघर फर्कने सम्मको उस्तै भिड छ । वर्षदिनमा आउने दशैं सबैको उल्लासमय चार्ड हो । यस वर्ष कोरोनाको कारण केही चहलपहलमा कमी भएपनि हिन्दुहरु दशैं आएकोमा खुसी छन् । तर हिन्दु धर्मावलम्बीहरुको यति ठूलो चार्ड नमनाउनेहरु पनि कतै कतै भेटिन्छन् । त्यो कहिँ अरु कुनै देशमा नभएर हाम्रै नेपालमा हो ।


दशैं नमाउने अनेक कारणहरु हुन्छन् । तर एउटा व्यत्ति वा कुनै परिवारले दशैं नमनाउने अवस्था आउँन सक्छ । खोकनावासीहरुले आजसम्म दशैं मनाएका छैनन् । खोकनावासीहरु दशैंमा न जमरा राख्छन् न नयाँ लुगा नै किन्छन् । उनीहरु दशैंको साटो गाइजात्रा भने धुमधामका साथ मनाउँछन् ।

खोकनावासीले दशैंको समयमा सिकाली जात्रा मनाउने गर्दछन् । उनीहरु दशैं भन्दा पनि सिकाली जात्रालाई बढि महत्व दिने भएकोले पनि परम्परादेखि मनाउँदै आएको जात्रा सिकाली मनाउने तर दशैं नमनाउने स्थानीयहरु बताउँछन् ।

देशको राजधानी भित्रकै एक गाउँमा दशैं मनाईंदैन । यो ठाउँ हो, ललितपुरको खोकना । यहाँ दशैं नमनाउने मात्र होइन, कुखुरा पनि पालिदैन र लसुन , अण्डा पनि खाईंदैन । यस्तो अचम्मको विशेषता बोकेको यो ठाउँमा किन यस्तो छ त ? यसपटक यो जिज्ञाशा मेटाउने हाम्रो प्रयास हो ।