Loading... आजः ७ बैशाख २०८१, शुक्रबार । Friday 19th April 2024

व्यङ्ग्य

बाँचेपछि अनेक थरी देख्न पाइन्छ भन्थे मेरा हजुरबाले हो । उनी बाँचेको भएपनि आजको यो अवस्थालाई देख्ने थिए होला । राणा शासन भोगेको, प्रजातन्त्र देखेका, पञ्यायतमै परलोक सुधार गरेकोले अहिलेको लोकतन्त्र देख्न पाएनन् । ठोकतन्त्र देख्न पाएनन् । नाम उल्लेख नगरेकोमा उपमेयरको झोकतन्त्र देख्न पाएनन् । बाबै घोडाघोडीका मेयर त कम छैनन् भन्ने पहिले नै थाह थियो । उपमेयर पनि कम रहेनराणा शासन भोगेको, प्रजातन्त्र देखेका, पञ्यायतमै परलोक सुधार गरेकोले अहिलेको लोकतन्त्र देख्न पाएनन् । ठोकतन्त्र देख्न पाएनन् । नाम उल्लेख नगरेकोमा उपमेयरको झोकतन्त्र देख्न पाएनन् । बाबै घोडाघोडीका मेयर त कम छैनन् भन्ने पहिले नै थाह थियो । उपमेयर पनि कम रहेनछन् । एकातिर मेयरले रातो कपडा तानेर उद्घाटन गर्दै गर्दा अर्कोतिर ड्याम–ड्याम शिलापत्रमा हानेको देख्दा त उनलाई भोट हाल्नेहरुलाई पनि चोट लाग्यो होला नि । लु खतम ।


आयो हजुर आयो दशैं आयो । अब दुई दिन त बाँकी छ । हुनेहरुलाई दशैं आयो नहुनेहरुलाई दशा आयो । पोहोरको ऋण कोरोनाले तिर्न दिएन । अहिले फेरि थपिने भयो । भएको एक टुक्रा जग्गा पनि बन्धकमै छ । अब साहुले लिने त होलान् । सुकुम्बासी हुने भइयो । गरिवलाई यस्तो पिरलो छ । सुकुम्बासी भएपछि फेरि हुकुमवासीहरुले आफूलाई आधा कट्ठा दिएर ५ कट्ठा जति आफ्नो नाममा बनाउन पाउने भए । लु खतम ।

उता पाँच नम्बरलाई लुम्बिनी बनाउने बेलामा सांसदहरुले कुर्सी हानाहान राजधानी तानातान गरेको देखेर यता कर्णालीमा पनि मुख्यमन्त्रीको पद तानातान भइहाल्यो । होइन यो पद पनि कोरोना जत्तिकै फैलिँदो अवस्थामा छ कि क्या हो । उता केही हुन नहुने यता संक्रमित गरिहाल्ने । कर्णालीमा कसैको छँदा खाँदाको प्रमुख सचेतक पद एउटा दस्तखतका कारण चैट भयो । कसैलाई नयाँ नियुक्ती हात प¥यो, फलिफाप भयो । भएन भनेर हस्ताक्षर गरेकैले कोही सचेतक पनि बन्न पाए । यो राजनीति हो कि लाजनीति हो सर्वसाधारणलाई बुझ्नै गाह्रो । चुनावको बेला नरम नरम लाग्ने जितेपछि सारो हुँदै जाने । अन्तिममा कति कठोर हुने हो बुझ्नै नसकिने । लु खतम ।

सही गरेकाहरु कोही काठमाडौं पुगे । कोही मोही पिउँदै पसेका छन् रे । कसैले सिलाएका दौरासुरुवाल पनि आइरनै गर्न पाएनन् रे । नगर्नु पर्ने गरिहालियो भनेर चित्त बुझाउनेहरु पनि भेटियो । मन दुखाउनेहरु पनि भेटियो । यतिबेला यो हरिलठ्ठकलाई त्यही पशुपति शर्माको गीतको याद आएको छ उठि उठि खान पनि गाह्रो सुति सुति खाउ भन्दा ढाड दुखेर मा¥यो । लु खतम ।

संघीयता भनेर फलाक्नेहरुले फलाके । नबुझेका जनता यो संघीयता भनेको के हो भनेर ट्वाल्ल परेका थिए । कोही संघी यता कोही संघी उता हु्न भनेकै संघीयता रहेछ । कर्णालीवासीले पनि कुरा बुझे अब । हिजो संगै भएकाहरु आज फरक फरक भएर लागे । हुन त किन नलागुन् पनि । कानून मन्त्री पट्काउला भन्ने योजना हुँदो हो । कसैले वन मन्त्री कसैले मन मन्त्री समेत ताकेका थिए होला । विचरा उतिबेला प्रतिनिधि सभामा लडेको भए आज आनन्दसँग क्याबिनेटमा ओली बा का छेउमा बसेर हँ हँ गर्न पाइने थियो यही मुख्यमन्त्रीको चक्करले ठक्कर दिएको बेलाा कम पिरलो भा छ र । अचानाको पीर खुकुरीलाई के थाह ? लु खतम ।

यो देशमा जन्मेर महेन्द्र नाउ गरेकाहरु खतरा हुँदारहेछन् । कुनै समयमा महेन्द्र शाहले पञ्चायत लादे । यो समयमा महेन्द्र शाहीले प्रदेशमा आफ्नो शक्ति देखाइदिए । किन नदेखाउन पनि । हिजो जंगलमा राइफल भ्वाट्ट भ्वाट्ट पारेर भएपनि ज्ञानेन्द्रको शासन ढाल्न सकेपछि महेन्द्र आएका हुन् नि त । नेताहरु त पदका लागि अचम्म गर्दै थिए । सामाजिक सञ्जालमा अचम्म गर्नेहरु झन धेरै देखिए । जो जसका पक्षमा लागेपनि माथिको आदेश नभई हुँदैन भन्ने कुरा नबुझेकाहरुले सामाजिक सञ्जालमा चाकडी गरेका हुन् । त्यो सबैलाई थाह छ । तर विचराहरुले दुःख पाए । स्टाटस कोही डिलेट गर्नैमा मस्त देखिए । यता अविश्वास माथि छलफल नभएपछि सही गर्नेहरु अस्त देखिए । स्टाटस लेख्नेहरुले केही लछारपाटो लगाएनन् रछ्यानमा हानेर मुखमा छिटा पारे । दशैंमा सबै सांसदहरुले पैसाका बिटा पाए । अचाक्ली गर्नेहरु आलु खाउ भनेको सुनेर फेरि एकपटक यो हरिलठ्ठकलाई घ्वाच्च घोच्यो ऐया ऽऽऽऽऽऽऽ आजको सूक्ष्मदृष्टिमा प्रकाशित छ ।