कैलालीमा कुटपिट गरी युवकको हत्या, तीन जना पक्राउ
टीकापुर ।
कैलालीको जानकी गाउँपालिका ५–मा कुटपिट गरी युवकको हत्या भएको छ । बिहीबार राति युवाहरुको आक्रमणमा परी लम्कीचुहा नगरपालिका–३ का २२ वर्षीय भरत तिमल्सिनाको हत्या भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले राति साढे १० बजेको समयमा जानकी–५ मा युवा समूहको आक्रमणमा परी गम्भीर घाइते भएका तिमल्सिनालाई उपचारका लागि नेपालगञ्ज लगिएकोमा अस्पताल पुर्याउने बित्तिकै चिकित्सकले मृत घोषणा गरेका बताए ।
प्रहरीले भेट्टायो लाख रुपैयाँको झोला
इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरीले भेटाएको करिब रु एक लाख नगद, मोबाइल र गहना सम्बन्धित व्यक्तिलाई बुझाइएको छ । बिहीबार दिउँसो साढे ४ बजेको समयमा टीकापुर–लम्की सडकखण्डमा ड्युटीमा खटिएका प्रहरी हवल्दार नरबहादुर ठगुन्नाले सडक किनारमा रातो ढाकाको लेडिज ब्याग फेला पारेका थिए ।
फेला परेको झोलाभित्र रु ९९ हजार ६४० नगद, मोबाइल, एक जोर पाउजु र एटीएम कार्ड रहेको थियो । झोला टीकापुर नगरपालिका–१ ब्लक नं १९ का मञ्जु कुँवरको रहेको र उनलाई बोलाई जिम्मा लगाएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बमले जानकारी दिए । रासस






