पछिल्लो २४ घण्टामा देशभर २५०८ जनामा कोरोना पुष्टि
१७ जनाको मृत्यु
काठमाडौं ।
पछिल्लो २४ घण्टामा देशभर २ हजार ५ सय ८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७० हजार ७ सय ४३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ९ सय ३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार २६४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या १ लाख ३१ हजार २२२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ९ हजार २७९ जनाको पिसिआर परीक्षण भएको छ ।






