Loading... आजः ४ बैशाख २०८३, शुक्रबार । Friday 17th April 2026
ताजा खबर
  

तीन फरार अभियुक्त पक्राउ

सुर्खेत ।
प्रदेश प्रहरी कार्यालय कर्णालीले तीन जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलिले विभिन्न अभियोगमा फरार भएकाहरुलाई पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका सह प्रवक्ता प्रहरी उपरीक्षक माधव प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा लागु औषध मुद्दामा १ जना, चोरी मुद्दामा १ जना र कुटपिट मुद्दामा १ जनालाई पक्राउ गरिएको छ । उनीहरुबाट १ वर्ष ३ महिना १० दिन कैद र १५ हजार जरिवाना असुलउपर गरिनेछ ।

पक्राउ परेकाहरुलाई सम्बन्धित जिल्ला अदालतमा पेश गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।