Loading... आजः १० बैशाख २०८३, बिहीबार । Thursday 23rd April 2026
ताजा खबर
  

सबै खालको सामाजिक कार्य गर्नुपर्छ : अध्यक्ष ओली

सुर्खेत |

 कर्णाली प्रदेशलाई अगाडि बढाउनको लागि भौतिक पुर्वाधार मात्र नभएर सबै खालको सामाजिक कार्य गर्नुपर्ने कर्णाली प्रदेश सभा अन्र्तगत सामाजिक विकास समितिका अध्यक्ष देवि ओलीले बताएकी छिन् ।

उनले सरकारलाई भौतिक पूर्वाधार भन्दा पनि सामाजिक रुपान्तरणमा लगानी गर्न आग्रह गर्ने बताएकी हुन । संसदीय मामिला पत्रकार समाज कर्णाली प्रदेशमा आवद्ध पत्रकारसँग अन्र्तक्रिया कार्यक्रमको आयोजना गर्दै उनले भौतिक विकास मात्रै समृद्धिको सम्वाहक नभएको बताईन ।
No description available.

अहिले हामीले भौतिक विकासलाई मात्रै विकास ठान्ने गरेका छौं । सरकारको लगानी यतातर्फमात्र केन्द्रित भएको छ । अध्यक्ष ओलीले भनिन्, तर अब समाज रुपमान्तरणका क्षेत्रमा, जनचेतना अभिवृद्धिका क्षेत्रमा लगानी बढाउन आवश्यक छ । आगामी बजेटमा त्यतातर्फ सरकारलाई ध्यान दिन निर्देशन दिन्छौं ।

अध्यक्ष ओलीले हालसम्म ७७ वटा बैठक सम्पन्न भएको बताईन । विगतमा सञ्चारमाध्यमसँग समिति कसरी गयो त्यो कुरा बेग्लै हो । उनले भनिन्, समितिले गरेका हरेक गतिविधिलाई हामी पारदर्शी बनाउँछौं । पत्रकारसँग सहकार्य गर्दै समिति अघि बढछ । उनले सरकारलाई सहि ट्याकमा ल्याउनका लागि आफूहरुले भरसक प्रयास गर्ने बताउँदै यसकालागि पत्रकारको सहयोग महत्वपूर्ण हुने बताईन ।

समितिको पहिलो बैठक २०७५ बैशाख १७ गते बसेको थियो । समितिले जिम्मेवारी तोक्यो अध्यक्ष ओलीका अनुसार ८ सदस्य रहेको समितिले सांसदहरुलाई जिम्मेवारी तोकेको छ ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय हेर्ने गरी सांसदहरु पदमा खड्का, यज्ञबहादुर विसी र शुसिल कुमार थापालाई जिम्मा दिइएको हो भनेसामाजिक विकास मन्त्रालय, श्रम, सामाजिक न्याय र मानवअधकारसम्वन्धी हेर्ने गरी सांसदहरु कृष्णा शाह,कौशिल्यावती खत्री, ठम्मरबहादुर विष्ट र रातो कामीलाई जिम्मा दिइएको हो ।