Loading... आजः ३ बैशाख २०८१, सोमबार । Monday 15th April 2024

गर्भवती बनाई हत्या गरेको अभियोगमा तीन पक्राउ

सुर्खेत ।
जुम्लाको हिमा गाउँपालिका वडा नं. ३ की १६ वर्षे बालिकालाई गर्भवती बनाई हत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुलाई राजनीतिक दबाबका कारण उन्मुक्ति दिन थालेको भन्दै स्थानीयहरु आक्रोशित भई आन्दोलनमा उत्रिएपछि उनीहरुले सडक समेत अवरुद्ध गरेका थिए । प्रशासन र स्थानीयहरुका बीचमा दोषलाई उन्मुक्ति नदिइने र थप अनुसन्धान अरु कोही पनि दोष ठहरिए पक्राउ गरि कानून बमोजिम कारवाही गर्ने सहमति भएपछि अवरुद्ध सडक खोलिएको छ ।

मृतक बिबिना कोरोया

अभियुक्तहरुलाई छोड्न थालेको भन्ने आरोप लगत भएको र उनीहरु माथि अनुसन्धान भइरहेकोले स्थानीयहरुले शंका गरे झैं नहुने भन्ने भएपछि आन्दोलन फिर्ता भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख (डिएसपी) माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । २ जनाका नाममा किटानी जाहेरी नै परेको र एक जनालाई शंका लागेका कारण पक्राउ गरि अनुसन्धान थालिएको डिएसपी काफ्लेको भनाई छ ।

गत असोज १९ गते हराएकी बालिकाको २५ गते मात्र शव फेला परेको थियो जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक भरत सिं राठौरले जानकारी दिनुभयो । थप अनुसन्धान प्रभावित हुने सक्ने भन्दै पक्राउ परेकाहरुलाई प्रहरीले सार्वजनिक भने गरेको छैन ।

१६ वर्षकी बबिना रोकाया गर्भवती भएको थाह भएपछि उनको गर्भपतन गर्नका लागि औषधी प्रयोग गर्न लगाइएको र त्यत्ति गर्दा पनि गर्भपतन नभएपछि उनको हत्या गरि नदीमा फालिएको हुन सक्ने शंका गरिएको छ । मृतक बबिनाको शव हिमा नदीमा हातखुट्टा बाँधेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।