Loading... आजः १८ आश्विन २०८३, आईतवार । Sunday 4th October 2026

सामुहिक क्षेत्रबाट मात्रै स‌ंस्थाको विकास गर्न सकिनेः मुख्यन्यायाधिवक्ता मानन्धर

सुर्खेत ।

दृष्टिविहिन हेरविचार केन्द्र सुर्खेतले आज आफ्नो ७ सातौं साधारण सभा तथा पाँचौं अधिवेशन आज वीरेन्द्रनगरमा सम्पन्न भएको छ । अधिवेशनले पुनः जीवनकुमार शाक्यलाई अध्यक्षमा निर्विरोध चयन गरेको छ भने अन्य पदमा समेत पुरानै अनुहारहरु निर्विरोध निर्वाचित हुनुभएको छ भने बसन्त जैशीको नयाँ अनुहार कार्यसमितिमा आएको भएको छ ।

No description available.

साधारण सभाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी कर्णाली प्रदेश सरकारका मुख्यन्यायाधिवक्ता विद्याभूषण मानन्धरले सामुहिक क्षेत्रबाट मात्रै स‌ंस्थाको विकास गर्न सकिने बताउनुभयो । उहाँँले भन्नुभयो “जब सम्म जनमानसमा संस्थाको बारेमा जानकारी हुँदैन तबसम्म संस्थाको विकास असम्भव जस्तै हुन्छ ।”

संस्थाको संकटलाइ समाधान गर्न सरकार संग पहल गर्ने र आफ्नो तर्फबाट सक्दो विकास गर्ने मुख्यन्यायाधिवक्ता मानन्धरले बताउनुभयो । त्यस्तै कार्यक्रममा समाजसेवी कुमारबहादुर ढकाल र सम्वाद समिति सुर्खेतका संयोजक देवेन्द्र सेजुवालले संस्थाको उत्तरोउत्तर प्रगतिको कामना गर्नुभएको थियो ।

कार्यक्रममा संस्थालाई आर्थिक बर्ष २०७६/ ०७७ मा सहयोग गर्ने डा. शुभ श्रेष्ठ, अमेरिका निवासी सुर्खेती चेली कविता मल्ल, एके कम्पनी बाँके शाखा सुर्खेतका रिसब कार्की लगाएतकालाई संस्थाको विधान अनुसार मानार्थ सदस्यता प्रदान गरिएको अध्यक्ष शाक्यले जानकारी दिनुभयो ।