Loading... आजः ९ बैशाख २०८३, बुधबार । Wednesday 22nd April 2026
ताजा खबर
  

तिहार नजिकिँदै जुवाडे पक्राउ पर्न सुरु

१ लाख ३ हजार ५३५ रुपैयाँ र दुई गड्डी तास बरामद

सुर्खेत ।
तिहार नजिकिँदै गर्दा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा जुवाडे पक्राउ पर्न थालेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले ८ जना जुवाडेलाई पक्राउ गरेको छ । सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ का ४२ वर्षिय चक्रबहादुर शाही, ४० वर्षका जीवन शाही, ३० वर्षका तपेन्द्र शाही, ३० वर्षकै नविन शाही, ३३ वर्षका बजिर शाही, ४३ वर्षका गणेश शाही, ४६ वर्षका कटक शाही र ४३ वर्षका भीमबहादुर शाहीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

तस्वीर : गुगलबाट

पक्राउ परेकाहरुबाट १ लाख ३ हजार ५३५ रुपैयाँ र दुई गड्डी तास समेत बरामद गरेको छ । वीरेन्द्रनगरको जुम्लारोड स्थित शक्तिराम रोकायाले संचालन गरेको तिनतोली होतलको दोस्रो तलामा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी निरीक्षक गोपाल रायमाझीको कमाण्डमा गएको प्रहरी टोलीले जुवाडेहरु पक्राउ गरेको हो ।