Loading... आजः ६ बैशाख २०८३, आईतवार । Sunday 19th April 2026
ताजा खबर
  

छोरीको जन्मदिनमा विद्यालयलाई फिल्टर उपहार

सुर्खेत ।
हाल अमेरिकामा रहँदै आउनु भएकी समाजसेवी जयन्ती थापाले आफ्नो छोरी सुजन चन्द २० वर्ष प्रवेश गरेको अवसरमा विद्यालयलाई ६ वटा फिल्टर उपहार स्वरुप प्रदान गर्नुभएको छ ।


छोरीको जन्मदिनको अवसरमा आज (बुधबार) एक औपचारिक कार्यक्रमका साथ वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ मा रहेको जनजागृत प्राथामिक विद्यालय पदमपुरलाई जयन्तीको तर्फबाट उहाँका आमा पार्वती थापा र बुबा धर्मजंग थापाले ६ वटा फिल्टर हस्तान्तरण गर्नुभएको हो ।

उक्त विद्यालयमा अध्ययनरत बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीहरुले शुद्ध एवम् स्वच्छ पानी पिउन पाउन भन्ने उद्देश्यले फिल्टरहरु हस्तान्तरण गरेको जयन्ती थापाको भनाई छ । यसै अवसरमा विद्यालय परिवारले केक काटेर सुजन चन्दको जन्मदिन समेत मनाएको
छ ।


कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ का वडाअध्यक्ष लोकप्रसाद चालिसेले ‘पानी जीवनको महत्वपूर्ण वस्तु भएकाले विद्यार्थीले शुद्ध पानी पिउनु भनेको दीर्घ जीवनको सूरुवात गर्नु भएको’ बताउनु भयो । अधिकांश सरुवा रोगहरु पानीको कारण लाग्ने भएकोले स्वच्छ जीवनका लागि शुद्ध पानी आवश्यक भएको उहाँको भनाई थियो ।

विद्यालयका प्राधानाध्यापक ज्ञानु गैरेले निरन्तर विद्यालयलाई भौतिक, आर्थिक तथा शैक्षिक सहयोग निरन्तर गरिरहने जयन्ती थापाप्रति आभार व्यक्त गर्नुभयो । समाजसेवाका लागि धन मात्र नभएर नहुने र त्यसका लागि मनको समेत खाँचो पर्ने उहाँको भनाई थियो ।


छोरी जयन्तीले गरेको समाजसेवाले आफ्नो जीवन पनि सफल भएको जयन्तीका बुबा धर्मजंग थापाले बताउनु भयो । अमेरिकामा रहेर छोरीले गरिब, असहाय, दुःखी र पीडितहरुको सेवा गरि दिँदा आफूहरुलाई पनि आत्मसन्तुुष्टि मिलेको थापाको भनाई थियो ।

सुजन चन्दलाई क्वीकखबर डटकम पनि जन्मदिनमा हार्दिक शुभकामना व्यक्त गर्दछ ।