दुवै अध्यक्षको परामर्शमा नेकपाको सचिवालय बैठक शुक्रबारलाई बोलाईयो
काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक शुक्रबार बस्ने भएको छ । नेकपाका अध्यक्षसमेत रहनुभएको प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठक बोलाउनु भएको हो ।
शुक्रबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बस्न लागेको हो।महासचिव विष्णु पौडेलमार्फत् सचिवालय बैठक तय भएको हो । नेकपामा सचिवालय बैठक अध्यक्षको परामर्शमा महासचिवले बोलाउने व्यवस्था छ ।
अध्यक्ष प्रचण्डसहित पाँच सचिवालय सदस्यले मंगलबार ध्रुम्बाराहीमा छलफल गरी विहीबारसम्म सचिवालय बैठकका लागि प्रधानमन्त्रीसमेत रहनुभएको अध्यक्ष ओलीलाई पर्खने बताउनु भएको थियो ।
सचिवालय बैठक तत्काल बोलाउने वा नबोलाउने भन्ने दुई अध्यक्षबीच मदभेद रहँदै आएको थियो । नेकपाका दुबै अध्यक्षसँगको परामर्शमा महासचिव विष्णु पौडेलले सचिवालय बैठक बोलाउनु भएको नेकपा नेता विष्णु रिजालले सामाजिक संजालमा लेख्नु भएको छ ।







