Loading... आजः १५ आश्विन २०८३, बिहीबार । Thursday 1st October 2026

तिहार विशेष मुक्तकहरु

किन आइन?मखमली सयपत्री भन्दै होलान्
कहिले आउँछ भाईटिका दिन गन्दै होलान्
माफ गर यो साललाई माइतीघर आइन म
गलाभरी सजिनुछ फुलहरु ठान्दै होलान् ।।

बिमला अधिकारी देवकोटा
दुख नमान्नु दाजु भाइ यो साल टिला लाइन
स्वर्ग जानुभो बाबा आमा माइतघर धाइन
म चेलीको आशीर्वाद छ सधै तिम्रो साथमा
सप्तरङी निधारमा फुलको माला लाउन पाइन ।
सम्झना छ घरैबाट दाजु भाइ दिदिलाई
दुख सुख बाड्ने गर्थ्यौ माइतीघर आई
यो साललाई यस्तै भयो अर्को साल भेट्छौ
अब हाम्रो माइती बने तिनै दाजु भाइ।।।
बाटो हेरि बस्नु हुने आमाको याद आउँछ
जब आउँछ चाड्बाडहरु मनै बिझाउँछ
मन मुटुमा माया छाउँछ परेलीमा आँसु
एक्लै हुँदा बा-आमाको झल्को धेरै लाउँछ।।