Loading... आजः ९ बैशाख २०८३, बुधबार । Wednesday 22nd April 2026
ताजा खबर
  

शहिदको जन्मजयन्तीमा खाद्य सामाग्री तथा फलफुल वितरण

सुर्खेत |

शहिद याम विसी स्मृति प्रतिष्ठानले मानव सेवा आश्रमलाई शहिद विसीको ३३ औँ जन्मजयन्तीको अवसरमा खाद्य सामाग्री तथा फलफुल वितरण गरेको छ ।शहिद विसीको सम्झनामा हरेक वर्ष उनको जन्मजयन्तीको अवसर पारेर विभिन्न सामाग्रीहरु वितरण गर्दै आएको आयोजकको भनाई छ ।

शहिद विसीका परिवारले छोरोको सम्झनामा आश्रमलाई एक दिन बराबरको दाल, चामल,तेल,दुध, हरियो तरकारी तथा फलफुल आदी सामाग्रीहरु वितरण गरेको शहिद याम विसी स्मृति प्रतिष्ठानका अध्यक्ष शेर बहादुर बुढाले जानकारी दिए ।

यस्तै जन्मजयन्तीको  अवसरमा मात्र नभएर विसीको सम्झनामा तथा आफुले पनि मानव सेवा आश्रमलाई आगामी दिनमा पनि सहयोग गर्ने आयोजक बताएका छन् ।