सुर्खेतमा ११ जुवाडे प्रक्राउ
सुर्खेत ।
सुर्खेतको पञ्चपुरी नगरपालिकाको तिलकपुर गाउँबाट गएराती प्रहरीले ११ जना जुवाडेलाई प्रक्राउ गरेको छ । गोप्य सुचनाको आधामा ईलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको प्रहरी टोलीले जुवातास खेलिरहेको अबस्थामा प्रक्राउ गरेको हो ।
पञ्चपुरी–६ को तिलकपुर गाउँस्थित रंगप्रसाद देवकोटाको घरमा लुकीछिपी उनीहरुले जुवातास खेलिरहेका थिए,‘कार्यालयका प्रमुख प्रहरी निरीक्षक बखतबहादुर शाहीले भने, ‘मेरो कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई प्रकाउ गरेको हो ।’ उनीहरुको साथबाट ५१ हजार २ सय ८५ नगद रुपैयाँ सहित २ गड्डी तास समेत बरामद गरिएको थियो ।
प्रक्राउ पर्नेमा पञ्चपुरी –४ का ३४ बर्षीय धनबहादुर नेपाली, ४२ बर्षीय कुशल नेपाली, ४० बर्षीय सञ्जन कार्की, ३४ बर्षीय अम्मर नेपाली, वडा–६ बस्ने ४८ बर्षीय रतन देवकोटा, ३१ बर्षीय रामबहादुर नेपाली, ४६ बर्षीय रंग प्रसाद देवकोटा, ४३ बर्षीय भवी विक, ३९ बर्षीय धनबहादुर शाही, वडा–५ बस्ने ३० बर्षीय जनक थापा, २५ बर्षीय नेत्र कार्की रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सुचना अधिकारी (डिएसपी) राम प्रसाद घर्तीले जानकारी दिए ।
ईलाका प्रहरी कार्यालय बाबियाचौर चाडबाडको बेलामा जुवातास रोक्न सक्रिए भएर लागिपरेको छ । केही दिन अघि मात्रै प्रहरी निरीक्षक बखतबहादुर शाहीको टोलिले श्रीचौरबाट वडा अध्यक्ष सहित १५ जुवाडे प्रक्राउ गरेको थियो ।






