हत्या आरोप मुद्दा कमजोर पारिएको भन्दै पीडित पक्ष आन्दोलित
जुम्ला |
हिमा गाउँपालिका– ३ मोफ्ला गाउँकी १६ वर्षीया बालिका बबिता रोकाया हत्या आरोप मुद्दा कमजोर पारिएको भन्दै पीडित पक्ष आन्दोलित भएका छन् ।
मुद्दा कमजोर बनाएर बालिका हत्या जस्तो जघन्य अपराध घटनालाई आरोपितलाई धरौटीमा छोड्न थालेपछि पीडित पक्ष आन्दोलित भएका हुन् ।
शुक्रबार दोषीलाई कारबाहिको माग गर्दै आन्दोलनमा उत्रिएका पीडित पक्ष र प्रहरी तथा सशस्त्र प्रहरी बीच झडप हुदा दुवै पक्षका ६ जना घाईते भएका छन् । पीडित पक्षबाट घाइते हुनेमा खाम्बा रोकाया, हरिभक्त कठायत र सुवि कठायत गम्भिर घाइते भएका छन् । त्यसैगरी सशस्त्र प्रहरीका उदय खत्री र राजबहादुर रावत घाइते भएका छन् भने नेपाल प्रहरीका निदेश रोकाया घाइते भएका छन् ।
घाइते व्यक्तिहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला उपचार भईरहेको छ ।






