सुर्खेतका ट्राफिक प्रमुखले देखाए यस्तो उग्ररुप
सुर्खेत ।
जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख उपेन्द्रप्रसाद आचार्यले वीरेन्द्रनगरमा उग्रता प्रदर्शन गर्न थालेका छन् । पार्किङको निकास दिन नसेकेको वीरेन्द्रनगर नगरपालिकाका कारण कारवाहीमा सर्वसाधार नागरिकहरु पर्ने गरेका छन् ।
ट्राफिक प्रमुख आचार्यले नो पार्किङमा राखेका सवारीभन्दा पार्किङ गरेर राखेका मोटरसाईकलका हेल्मेट उठाउने गरेका छन् । बजार क्षेत्रका विभिन्न स्थानबाट आचार्यले सर्वसाधारणले रोकेका सवारीका हेल्मेट उठाउन थालेपछि स्थानीय त्रसित बनेका छन् ।
‘नो पार्किङको बोर्ड नै छैन्, त्यहीँ ठाउँमा रोकेका मोटरसाईकलका हेल्मेट उठाएर दुःख दिने गरेका छन्,’ नाम उल्लेख नगर्ने शर्तमा उनले भने, ‘बार्ड नै व्यवस्थित छैनन्, अनाहकमा नागरिकलाई दुःख दिनु राम्रो हैन् ।’
कामले बजार आइएको हुन्छ, कुनै जानकारी विना हेल्मट उठाउनु राम्रो पक्ष नभएको उनको दुखेसो छ । वीरेन्द्रनगरको वुद्धपथ लाइनको कटुवाल चिया पसल नास्ता पसल अघि नो पार्किङ बोर्ड छैन् । तर आचार्यले सडक किनारामा रोकिएका चार ओटा बाइकको हेल्मेट लिएर अपशव्द बोलेका छन् ।
यता, ट्राफिक प्रमुख आचार्यले नो पार्किङ क्षेत्र भित्रका रोकिएका सवारीका मात्रै हेल्मेट उठाएको दावी गरेका छन् । ‘नियम लागु गरेको हुँ, नो पार्किङ भित्र रोकिएका सवारीको हेल्मेट उठाएको हुँ,’ आचार्य भन्छन्, ‘वीरेन्द्रनगरको पार्किङलाई व्यवस्थित गर्नु र दुर्घटना न्यूनिकरण गर्नु प्रहरीको दायित्व भएकाले सोहीअनुसार काम गरेको हुँ, उग्रता प्रदर्शन गरेका छैन् ।’







