Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

बसुका हाइकुहरु 

एक
कुनै सपना
आँखा मा सजिदैन

हुन्छ आत्मामा !

बसु श्रेष्ठ
दुइ
तिम्रो केईक्षण
मेरो बर्षौको खुशी
प्रमाणीत भो !
तीन
आशा त्यही नै
यो मन मन्दीर को
आउ न आऊ !
चार
पसिना थोरै
किसानको दु:ख
आँशु छ धेरै !
पाँच
छैन जरुरी
ढुंगाले नै हान्न
रुखो बोले भो !
अधुरो सप्ना
गुनासो के पो गर्नु
तिम्रो प्रेमको !
सात
चाहना मेरो
गहिराइ मा डुब्ने
सुरु किनारा !
आठ
चिसो रातले
सुकेको यो पातको
मुल्य बढायो !