Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

शतप्रतिशत वजेट कार्यान्वयन गर्ने लक्ष्यका साथ काम गर्नुस – मुख्यमन्त्री शाही

सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले शतप्रतिशत बजेट कार्यान्वयन गर्ने लक्ष्यका साथ काम गर्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुभएको छ । भौतिक पुर्वाधार विकास मन्त्रीको समेत जिम्मेवारी हेरीरहनुभएका मुख्यमन्त्री शाहीले वुधवार आयोजित प्रथम चौमासिक प्रगति समिक्षा कार्यक्रममा वोल्दै यस्तो निर्देशन दिनुभएको हो ।

CM Shahi urges to work for overall development of country

मुख्यमन्त्री शाहीले वजेट कार्यान्वयनसंग सम्बन्धित धेरै समस्या हल भएको वताउदै चालु आर्थिक वर्षको प्रगति उदाहरणीय हुनुपर्ने वताउनुभयो । उहाँले संगठन संरचनाको टुंगो लागेर मन्त्रालय मातहत हरेक जिल्लामा २ वटा कार्यालय रहेको, सेवा करार मार्फत कर्मचारी अभावको समस्या सामाधान भएको, हरेक जिल्लामा प्रदेश सरकारका लेखा ईकाई कार्यालय स्थापना भएको वताउदै वजेट कार्यान्वयनमा देखाईने कुनै वाहानावाजी आफुलाई स्वीकार नहुने वताउनुभयो ।

कार्यसम्पादनका आधारमा मूल्याँकन हुने वताउदै मुख्यमन्त्री शाहीले कार्यालयमा वसेर फाईलमा हस्ताक्षर गर्ने र निर्देशन मात्र दिने कार्यालय प्रमुखको कार्यशैली सच्च्याउनुपर्नेमा जोड दिनुभयो । कार्यालय प्रमुख समेत फिल्डमा खटेर परिणाममुखी काम गर्नुपर्ने वताउदै उहाँले दोश्रो चौमासिकमा ५० प्रतिशत कार्यप्रगति सहित समिक्षा गोष्ठीमा आउन निर्देशन गर्नुभयो ।

मुख्यमन्त्री शाहीले निर्माण व्यवसायीको भरमा आयोजना नछोडन निर्देशन दिदै हरेक आयोजना एवं निर्माणस्थलमा प्राविधिक खटाउनुपर्ने वताउनुभयो । उहाँले विकास आयोजनाहरुको प्रभावकारी कार्यान्वयन र गुणस्तरीय निर्माणकार्यको लागि अनुगमन तथा निरिक्षणको कार्यलाई कडाई गर्नुपर्ने औंल्याउनुभयो ।

मुख्यमन्त्री शाहीले भुक्तानी प्रक्रियामा ढिलासुस्तीको गुनासो आफुकहाँ आईपुगेको वताउदै कार्यसम्पन्न भएका आयोजनाहरुको भुक्तानीमा ढिलासुस्ती एवं अनावश्यक दुख दिने कार्य स्वीकार्य नहुने वताउनुभयो ।

यसैगरी मुख्यमन्त्री शाहीले दोश्रो चौमासिक सम्म वजेट कार्यान्वयनलाई तिव्र वनाउन आग्रह गर्दै विभागीय मन्त्रीको सहमति विना कोही पनि कार्यालय प्रमुखको विदा स्वीकृत नगर्न मन्त्रालयका सचिवलाई निर्देशन दिनुभयो ।