Loading... आजः १३ बैशाख २०८३, आईतवार । Sunday 26th April 2026
ताजा खबर
  

गजल – बिनिता केसी ‘सुबिहानी’

बिनिता केसी ‘सुबिहानी’

छोरीचेली र देश बेच साथमा दाम रहन्छ
पाप भए हटाउनलाई चारधाम रहन्छ

आमा म प्रख्यात र कुख्यातमा के बनौँ
केही नभएपनि जीवन गाथामा नाम रहन्छ

प्रिय पहिलो उपहार तिमीले मलाई पटुकी दिनु
सहनै नसक्ने पिडा दिंदा घाटीमा राख्न काम रहन्छ

यसर्थ पनि म बैरीलाई फुलमालाले पुज्छु
घाटमा जाँदा म पछि उनीहरुकै लाम रहन्छ

कत्ति पनि नडराउ, नआत्तिउ ए प्रिय मनहरु
ति पिडित छालालाई न्याय दिने न्यानो घाम रहन्छ

खाडादेखि–६ रामेछाप