Loading... आजः १५ बैशाख २०८१, शनिबार । Saturday 27th April 2024

खस शब्दकोष प्रकाशनको अन्तिम तयारी

जुम्ला । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट आर्थिक स्रोत जुटेपछि खस खसिया आखार शब्दकोष प्रकाशनको अन्तिम चरणमा पुगेको छ । जुम्ला सदरमुकाम खलङ्गास्थित जिल्ला समन्वय समितिको कार्यालयको एक कोठामा बसेर २०६४ सालदेखि सो खस शब्दकोष प्रकाशनका सम्पादक रमानन्द आचार्य लेखनमा जुट्नु भएको छ ।

खस शब्दकोष प्रकाशनको अन्तिम तयारी

वि.सं २०६४ साल देखि लेख्न शुरु गर्नुभएको शब्दकोष अहिले कम्यूटर टाईपिङ भईरहेको उहाँलेब बताउनु भयो । खस शब्दकोष लामो समय सम्म आर्थिक स्रोत नजुटेपछि प्रकाशनको अन्यौल भएको थियो ।  सो शब्दकोष निर्माणलाई लाग्ने खर्चको परियोजना प्रस्ताव मन्त्रालयसमेत पठाईएको सम्पादक आचार्यले बताउनुभयो । ”

खसिया आखार समितिका सदस्य प्रकाश चन्द्र खत्रीका अनुसार मन्त्रालयलाई रु ३२ लाख रुपैया बढिको पुस्तक प्रकाशनमा लागत परियोजना प्रस्ताव पठाईएको छ । तत्कालिन साम्राज्यको राजधानी सिञ्जा र यहाँबाट भाषाको उत्पति जुम्लाबाटै भई अहिले राष्ट्रिय भाषाको रुपमा परिणत भएकाले खस शब्द जोगाई राख्न पछिल्लो महत्वपूर्ण दस्तावेज रहने समितिका सदस्य खत्रीले बताउनभयो ।

जिल्लामा खस शब्दकोष तयारीका लागि निर्माण गरिएको खसिया आखार समितिको वैठकले सामाजिक विकास मन्त्रालयलाई बजेट माग गर्न जिल्ला समन्वय समितिलाई सिफारिस गरिदिन भन्दै निर्णय समेत गरेको छ । वैठकले उक्त ऐतिहासिक दस्तावेज प्रकाशन गर्न सहयोग गर्ने जानकारी भएकाले सामाजिक विकास मन्त्रालयलाई धन्यवाद ज्ञापन गर्दै सो रकम समितिको खातामा पठाई सहयोग गरिदिन अनुरोध गरेको छ ।

समितिले शब्दकोषको नाम खसिया आखार (माझाली) समेत राख्ने निर्णय गरेको छ । ज्येष्ठ नागरिक आचार्यले २५ हजार बढि खस शब्दकोष समेटिएको उक्त पुस्तक तयारी पश्चात सिञ्जामै प्रकाशन गर्न योजना रहेको सम्पादक आचार्यले बताउनुभयो ।

यहाँका स्थानीय तहलाई सहयोग तथा समन्वयका पहल गरेको सो समितिले जनाएको छ । शब्दकोषको अहिले अ देखि न सम्म कम्यूटर टाईपिङ समेत भईसकेको सम्पादक आचार्यले बताउनुभयो ।

 खसिया आखार समितिमा सम्पादक आचार्यसहित सदस्यहरु खस सस्कृतिका जानकार तंगनाथ उपाध्याय, दयादत्त हमाल, प्रकाशचन्द्र खत्री र हरिवावु चौलागाई सहितको ५ सदस्यीय समितिले  चाडै प्रकाशनमा ल्याउने तयारी भएको समितिका सदस्य दयादत्त हमालले बताउनुभयो ।