मानवसेवा आश्रममा मनाए कविन्द्रले जन्मदिन
सुर्खेत ।
सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीले वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ मा रहेको मानवसेवा आश्रममा आफ्नो जन्मदिन मनाएका छन् । मानवसेवा आश्रम वीरेन्द्रनगरमा ५७ जना सहयोगापेक्षिहरु आश्रित छन् ।
कविन्द्रले जन्मदिनको अवसरमा सहयोगापेक्षिहरु समक्ष बोल्दै भने जीवनको पचासौ बसन्त पार गर्दैगर्दा पहिलो पटक जन्मदिन मनाएँ । अबका दिनहरुमा पनि यस्तै सेवा गर्ने प्रतिज्ञा गर्दै उनले भने, ‘सिंगो गाउँपालिकाको तर्फबाट मानवसेवा आश्रमको लागि वार्षिक ५० हजारमा कम नहुने गरि सहयोग गर्न पहल गर्नेछु ।’ मानव जीवनमा मन्दिरमा राखिएको मूर्तिमा भन्दा सहयोगापेक्षिहरुलाई सहयोग गरेर धर्म हुने भएकोले आफूले आश्रममा जन्मदिन मनाउने निर्णय गरेको उनको भनाई थियो ।
कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ का अध्यक्ष लोकप्रसाद चालिसेले मानवसेवा आश्रममा सहयोगी हातहरु बढ्दै गइरहेको उल्लेख गर्दै मानवसेवा नै सबैको धर्म भएको बताए ।
वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष मोतिप्रसाद कंडेलले मानवसेवा आश्रम वडा नं. १२ मा भएपनि मुख्य बजार क्षेत्र वडा नं. ६ मा भएकोले सहयोगापेक्षिहरु ६ नं. भेटिने भएकोले त्यसको व्यवस्थापनका लागि आश्रमले गरेको कार्य स्रहानिय रहेको बताए । उनले भने, ‘एक जनाले मात्र गरेर केही पनि नहुने भएकोले मानवको सेवा गर्नका लागि सबैले हातमा हात जोड्न आवश्यक छ ।’
जन्मदिनको अवसरमा करिब १२ हजार बराबरको लत्ता कपडा तथा फलफूल अध्यक्ष केसीले आश्रमलाई हस्तान्तर गरेका छन् ।











