Loading... आजः १५ बैशाख २०८३, मंगलवार । Tuesday 28th April 2026
ताजा खबर
  

बन्यो झोलुङ्गे पुल, बचेको रकम सरकारलाई फिर्ता

सुर्खेत ।
दैलेखको नारायण नगरपालिका वडा नं. ७ र ११ जोड्ने झोलुङ्ग पुल निर्माण सम्पन्न भएको छ । प्रदेश सरकार, स्थानीय सरकार रर बिबि एल संस्थाको साझेदारीमा प्रदेश सरकारको तर्फबाट ४० लाख ३६ हजार ६२४, नारायण नगरपालिकाबाट २ लाख ९४ हजार २७४ तथा सहयोगी संस्था बिबि एलको तर्फबाट ४ लाख ७५ हजार ५८८ गरि ४८ लाख ६ हजार ४८६ रकममा सो पुल निर्माण भएको हो । उक्त पुलको लम्बाई १०५ मिटर रहेको छ ।

Image may contain: 3 people, people standing, people on stage and outdoor
पुल निर्माणको क्रममा सहयोगी संस्थाले ४ लाख ७५ हजार ५८८ बराबरको सामग्री नै उपलब्ध गराएको र नारायण नगरपालिकाले २३ लाख २४ हजार २०७ पैसा लिई सामान खरिद गरिएको थियो । यसै गरि मिस्त्री ज्यालादेखि ज्यामी खर्च, ढुङ्गा ,बालुवा, ढुवानि खर्चसमेत गर्दा २० लाख ६ हजार ६९१ रुपैयाँ उपभोक्ता समितिले पाएकोमा पुलको निर्माण कार्य सम्पन्न गर्दा समेत १८ लाख ५७ हजार ७०५ मात्र खर्च हुन गई १ लाख ४८ हजार ९८६ रुपैया बचत भएकोले उक्त रकम सरकारलाई फिर्ता गरेको उपभोक्ता समितिका अध्यक्ष हेम बहादुर सुबेदीले क्वीकखबरलाई जानकारी दिए ।

Image may contain: 2 people, people standing, outdoor and nature
उपभोक्ता समितिले निर्माण कार्य सम्पन्न भइ बचत हुन आएको पैसा स्थानीय समुदायका साथै प्रदेश सभा सदस्य अमर बहादुर थापा र नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काको रोहबरमा सरकारलाई फिर्ता गरिने उपभोक्ता समितिका अध्यक्ष सुबेदीले बताए ।
आफू उपभोक्ता समितिको अध्यक्ष भएर काम गर्दा इष्टमेट अनुसारको काम गराउँदा पनि उपभोक्ता समितिले व्यक्तिगत रुपमा गर्ने कुनै पनि खर्च गर्न नदिएको र उपभोक्ता समितिमा बसेकाहरुले समेत पुलको काममा जाँदा खाएको खान र खाजा समेत व्यक्तिगत रुपमा गरेका कारण पैसा बचत गर्न सकिएको सुबेदीको भनाई छ ।

प्रदेश सभा सदस्य थापा र नारायण नगरपालिका प्रमुख खड्काले पुलको उद्घाटन गरेका थिए ।